बझाङमा वडा अध्यक्ष र सचिवलाई विप्लव कार्यकार्यताले दले कालो मोसो
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अनेरास्वियु क्रान्तिकारीका कार्यकर्ताले बित्थडचिर गाँउपालिका ८ का वडाध्यक्ष जयबहादुर मल्ल र वडासचिव दत्तराम अवस्थीलाई कालो मोसो दलेका छन् ।
वडाको योजना करोडौं भ्रष्टाचार गरेको, कमिशन दिनेलाई मात्र उपभोक्ता समितिमा राखेको, मृतकको नाममा सामाजिक सुरक्षाभत्ता दुरुपयोग गरेकोलगायत आधा दर्जनभन्दा बढी आरोप लगाउँदै मोसो दलेको अनेरास्वियु क्रान्तिकारीद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।
अनेरास्वियु क्रान्तिकारी सधैं जनताको पक्षमा रहेको बताउँदै स्थानीयको रिपोर्ट र संगठनको अध्ययनको आधारमा जनहितविपरित कार्य गरेको ठहर गर्दै कारबाही गरिएको दाबी गरिएको छ । वडाध्यक्ष र सचिवलाई नै कालोमोसो दलेपछि अन्य दलहरुले आलोचना गरेका छन् ।

क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कालो मोसो
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्