फेरि एसईइ परिक्षा अन्योलमा,होला त बैशाखमा परिक्षा ?

काठमाडौं । माध्यमिक तहको परीक्षा एसईइ के हुने भन्ने बारे सरकारले अझै पनि ठोस निर्णय दिन सकेको छैन । आगामी चैतमा हुदैँआएको एसइइ परीक्षा केहि समय कोरोना महमारीका कारण प्रभावित भएको थियो । यस वर्ष परीक्षा वोर्डले बैशाखमा परीक्षा गर्ने भने पनि सो अनुसार परीक्षा हुन कठिन देखिएको छ । माध्यमिक शिक्षा परीक्षा, कक्षा १० एसइई परीक्षा के गर्ने भन्ने विषयमा निर्णय नहुँदा विद्यार्थी, शिक्षक तथा अभिभावक अन्योलमा परेका छन् ।
विगतमा राष्ट्रिय परीक्षा बोर्डबाट मंसिरमै एसइईको तालिका सार्वजनिक हुने गरेको थियो । तर, यस वर्ष के गर्ने भन्ने निर्णयसमेत अझै भएको छैन । तालिकासँगै प्रश्नपत्र निर्माण, उत्तरपुस्तिका छपाइ गरी परीक्षाको समय नजिकिँदा प्रश्नपत्र छपाइ हुने गरेको थियो । तर, अहिले परीक्षा केन्द्रले लिने वा नलिने, प्रश्नपत्र छपाइ गर्ने वा इमेलबाट पठाउने भन्ने निर्णय भएको छैन । तर, बोर्डका अध्यक्ष महाश्रम शर्माले बैशाखमा परीक्षा हुने जानकारी दिएका छन् ।
एसइईमा बर्सेनि झन्डै पाँच लाख विद्यार्थी सहभागी हुने गरेका छन् । यस पटक पनि ५ लाख भन्दा बढि विद्यार्थीहरु कक्षा १० मा अध्यनरत छन् । प्रश्नपत्र हार्डप्रति छपाइ गरी प्याकिङ गरी पठाउन एक महिनाभन्दा बढी लाग्ने गरेको छ । सहज परिस्थितिमा यसअघिका एसइर्ई चैतमा सञ्चालन हुँदै आएको थियो ।
यस पटक भने कोरोना महामारीलाई ध्यानमा राख्दै मेलबाट प्रश्न पत्र वितरण गर्ने सोचमा बोर्ड रहेको अध्यक्ष शर्माको भनाई छ । बोर्डले यकिन मिति नतोकि दिदाँ विद्यार्थीहरु परिक्षाको तयारी गर्ने भन्ने कि भन्ने विषयमा अन्योलमा देखिएका छन् । यता बोर्ड पनि कोरोना महामारीका कारण के गर्ने भन्ने अन्योलमा देखिएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #एसइइ परीक्षा, #एसईइ
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्