इन्डोनेसियाको केन्द्रीय राजधानी कालीमान्तान टापुको नुसान्तरामा लैजान बाटो खुल्यो
काठमाडौं । इन्डोनेसियाको केन्द्रीय राजधानी सार्ने कानुन संसदबाट पारित भएको छ । जाकार्तामा रहेको अहिलेको राजधानी सारेर कालीमान्तान टापुको नुसान्तरामा लैजाने कानुन संसदबाट पारित भएपछि सार्ने बाटो खुलेको छ ।
राजधानी सार्ने कानुनलाई राष्ट्रपति जोको विडोडोको कार्यकालको महत्त्वपूर्ण उपलब्धिको रुपमा दाबी गरिएको समाचारसंस्था सिन्ह्वाले जनाएको छ । इन्डोनेसियाको राजधानी सार्ने विषय पहिलेदेखि नै मुख्य चुनावी एजेण्डा र मुख्य योजनाका रुपमा रहँदै आएको थियो । जाकार्ताको जनसंख्या अत्यधिक धेरै हुनु, जमिनको अभाव हुनु लगायतका कारणले राजधानी सार्नुपर्ने अवस्था आएको हो ।
राजधानी सार्न थालिएको ठाउँ नुसान्तारा सहर झण्डै दुई लाख ५६ हजार हेक्टर क्षेत्रफलमा फैलिएको छ । यो ठाउँको छनोट भने पूर्व राष्ट्रपति जोकोबीले गरेका थिए । इन्डोनेसिया विश्वको चौथो धेरै जनसङ्ख्या भएको देश हो । इन्डोनेसियामा अहिले २७ करोडभन्दा बढी जनसङ्ख्या रहेको छ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #इन्डोनेसिया, #कानुन संसद
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्