Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

एकैदिन ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण,पुगे ३० हजार ८७७ संक्रिय संक्रमित


काठमाडौं । नेपालमा एकैदिन ६ हजार ७ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा २ हजार ९ सय ४३, ललितपुरमा ७ सय ९५ र भक्तपुरमा २ सय १ जनामा कोरोना पुष्टि भएको हो ।

काठमाडौं उपत्यकाबाहिर चितवनमा १७८, रुपन्देहीमा १५४, सुनसरी १४२, मोरङमा २६०, काभ्रेमा १५० र कास्कीमा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज कुल परीक्षणको ३८.५५प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ५ सय ४७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ । देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय ७७ पुगेको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमण

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं