एमाले रुकुमपश्चिमको अध्यक्षमा नन्दराम देवकोटा चयन,विवाद भने कायमै
रुकुमपश्चिम । नेकपा एमाले रुकुम पश्चिमको अध्यक्षमा नन्दराम देवकोटा चयन भएका छन् । आइतबार अबेर बन्दसत्रका अध्यक्ष मण्डलले देवकोटालको अध्यक्षतामा देवकोटासहित पदाधिकारीको नाम विवादका बीच घोषणा गरिएको हो । उपाध्यक्षमा मनवीर घर्ती, सचिवमा शशीराम परियार, उपसचिवमा गणेश सुनार र रचना मल्ल घोषणा गरिएको छ।
जिल्ला कमिटीका सदस्यहरूको नाम भने घोषणा गरिएको छैन। सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रिया अघि बढाइएको थियो। अध्यक्षमा देवकोटासँगै नारायणकुमार शाह, टंकप्रसाद ओलीले दाबी गरेका थिए। सुरुमा अध्यक्ष मण्डलले देवकोटालाई अध्यक्ष, शाहलाई उपाध्यक्ष र ओलीलाई सचिवमा प्रस्ताव गरेको थियो। शाह र ओली असहमत भएपछि अध्यक्ष मण्डलका तर्फबाट केन्द्रीय सदस्य तीर्था गौतमले देवकोटाको अध्यक्षतामा नयाँ पदाधिकारी घोषणा गरेकी थिइन्।
शाह र ओलीले मतदान हुनुपर्ने माग गर्दागर्दै पनि जिल्ला कमिटीका पदाधिकारी घोषणा गरिएको हो। देवकोटा मुसीकोट नगरपालिका–५, स्थित यमुनानन्द नमुना माविका आधारभूत तहका स्थायी शिक्षक हुन्। यद्यपि‚ उनले राजीनामा दिइसकेको बताइएको छ। यसअघि उनलाई एमालेले केन्द्रीय कमिटीमा मनोनीत गरेको थियो। उनी पछिल्लो समय कर्णाली प्रदेश कमिटी सदस्य थिए। जवरजस्ती अध्यक्ष घोषणा गरेपछि नेताहरुले भने सामाजिक सञ्जालमा असन्तुष्टि पोखिरहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नन्दराम देवकोटा
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्