झारफुक गर्ने माताको भर पर्दा राजधानीमै बालिकाको ज्यान गयो
काठमाडौं । झारफुक गर्ने ‘माता’को विश्वासमा पर्दा एक बालिकाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी २ कि १४ वर्षीय बालिकाको शनिबार मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
केही महिनादेखि बिरामी रहेकी बालिकालाई उनकी आमाले २२ दिनअघि आफूलाई माता बताउने उमा शाही ठकुरीको काठमाडौंको नागार्जुन १ रानीवन पानी ट्याङ्कीनजिकै रहेको झारफुक केन्द्रमा लगेकी थिइन् । तर, टाउको दुख्ने समस्या लिएर ‘माता’कहाँ पुर्याएकी बालिकाको स्वास्थ्यमा कुनै सुधार भएन, बरू झन् समस्या बढ्दै गयो ।
‘शनिबार बिहान एक्कासी बालिका गम्भीर बिरामी भएपछि मनमोहन अस्पताल पुर्याइएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेका थिए । बालिकाको मृत्यु भएपछि उनकी आमाले झारफुक गर्ने ठकुरीविरुद्ध कर्तव्य ज्यानको कसुरमा उजुरी दिएकी छन् । त्यही आधारमा प्रहरीले शाहीलाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्