एल पी ग्यास बिष्फोटका घट्ना बढ्दै,नियमन नहुँदा घर–घरमा पुग्छ ग्यासका नाममा बम

काठमाडौं । नेपालमा पछिल्लो समय खाना पकाउँदा प्रयोग हुने एल पी ग्यास विस्फोटका घट्ना निकै बढिरहेका छन् । समयमै गुणस्तरको जाँच नहुनु, असुरक्षित भण्डारण तथा उपभोक्ताको नै अधिकतम लापवाहीका कारण पछिल्लो समय ग्यास विस्फोट हुनेगरेको दाबी गरिन्छ । नेपाल आयल निगमको तथ्याड्ढ अनुसार देशभर करिब ४५ लाख खाना पकाउने एलपी ग्यासका सिलिण्डर प्रयोग हुन्छ । यो क्रम वर्षेनी १५ प्रतिशतले वृद्धि हँदैगएको निगमको तथ्यांक छ । यसबाहेक मासिक रुपमा करिब २३ लाख एलपी ग्यास सिलिण्डर खपत हुने गरेको छ ।
खाना पकाउने ग्यासको उपभोग वर्षेनी बढ्दै गएसँगै त्यो पड्किने घट्नासमेत बढ्दैगएको छ । बिहीबार विहानै भापामा ग्यास सिलिन्डर पड्किएर १ जनाको मृत्यु भएको छ । सोही घट्नाका कारण १२ जना घाइते समेत भएका छन् । केहि समय अगाडि ललितपुरको पाटनमा चार जनाले ज्यान गुमाएका छन् । उद्योगीहरु भने धेरै जसो घटनामा उपभोक्ताकै लापवाहीले घट्ना हुनेगरेको दाबी गर्छन् ।
खाना पकाउने एलपी ग्यास उद्योगहरुले पनि केहि हदसम्म लापरवाही गर्दै आएको देखिएको छ । तर पनि नियमनकारी निकाय भने यस बारे खासै चनाखो भने देखिदैँन । नाप तौल विभागसँगै एलपी ग्यासको गुणस्तर र मापदण्ड नियमनको जिम्मेवारी पाएको नेपाल आयल निगमले अनुगमन गर्दै आएको दाबी गरे पनि यस विषनयमा खासै अनुसन्धान भएको पाइदैन ।
एलपी ग्यासको सिलिण्डर पडकिनुका पछाडि रेगुलेटरबाट हुने ग्यास लिक पनि एक कारण हो । कमसल तथा गुणस्तर प्रमाणित नभएको चुल्हो, रेगुलेटर, रबरका पाइप जस्ता उपकरणका कारण पनि त्यस्ता घट्ना हुने गरेको पाइएको छ । त्यस्तै लामो समयसम्म सिलिण्डर बिना प्रयोग राखिराख्ने जस्ता कार्यलेसमेत सुरक्षाको जोखिम निम्त्याउन सक्ने देखिन्छ ।
यस्तै पुरानो सिलिण्डरका कारण पनि यस्तो हुनेगरेको छ । भान्सामा प्रयोग हुने सिलिण्डरको म्याद बुझ्न सकेमा यसबाट हुनसक्ने सम्भावित जोखिमबाट बच्न सकिन्छ । सरकारले यसका लागि विशेष जनचेतना अभियाननै चलाउनुपर्ने आवश्यक देखिन्छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #एल पी ग्यास विस्फोट
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्