गत वर्ष ४ करोडभन्दा बढीले गरे तिब्बत भ्रमण,६ अर्ब ९० करोड अमेरिकी डलर आम्दानी
काठमाडौं । दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रमा सन् २०२१ मा ४ करोडभन्दा बढी पर्यटकले भ्रमण गरेको पाइएको छ । तिब्बत स्वायत्त क्षेत्रको ११ औं जन कांग्रेसको पाँचौं सत्रमा दिएको जानकारीअनुसार यस अवधिमा पर्यटन राजस्व कुल ४४ अर्ब १ करोड युआन (करिब ६ अर्ब ९० करोड अमेरिकी डलर) प्राप्त भएको छ।
तिब्बत समृद्ध जातीय संस्कृति र प्राकृतिक सौन्दर्यको साथै एक लोकप्रिय पर्यटकीय गन्तव्य पनि हो। पछिल्ला वर्षहरूमा स्थानीय अधिकारीहरूले यस क्षेत्रको पर्यटन उद्योगलाई बलियो बनाउन प्रयास गरिरहेका छन्। पठार क्षेत्रमा अहिले यसभन्दा बढी उच्च मूल्याङ्कन गरिएका पर्यटकीय आकर्षणहरू २ हजार ७ सयभन्दा बढी पर्यटन उद्यमहरू र २ हजार ३ सयभन्दा बढी होमस्टेहरू सञ्चालनमा छन्।
सन् २०२० को अवधिमा तिब्बतले स्वदेश तथा विदेशबाट करिब १५ करोड पर्यटक भित्र्याएको छ जसबाट करिब २१२ दशमलव ६ बिलियन युआनको पर्यटन राजस्व आर्जन भएको पनि जनाइएको छ।
क्याटेगोरी : पर्यटन, विदेश, समाचार
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्