गत वर्ष ४ करोडभन्दा बढीले गरे तिब्बत भ्रमण,६ अर्ब ९० करोड अमेरिकी डलर आम्दानी
काठमाडौं । दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रमा सन् २०२१ मा ४ करोडभन्दा बढी पर्यटकले भ्रमण गरेको पाइएको छ । तिब्बत स्वायत्त क्षेत्रको ११ औं जन कांग्रेसको पाँचौं सत्रमा दिएको जानकारीअनुसार यस अवधिमा पर्यटन राजस्व कुल ४४ अर्ब १ करोड युआन (करिब ६ अर्ब ९० करोड अमेरिकी डलर) प्राप्त भएको छ।
तिब्बत समृद्ध जातीय संस्कृति र प्राकृतिक सौन्दर्यको साथै एक लोकप्रिय पर्यटकीय गन्तव्य पनि हो। पछिल्ला वर्षहरूमा स्थानीय अधिकारीहरूले यस क्षेत्रको पर्यटन उद्योगलाई बलियो बनाउन प्रयास गरिरहेका छन्। पठार क्षेत्रमा अहिले यसभन्दा बढी उच्च मूल्याङ्कन गरिएका पर्यटकीय आकर्षणहरू २ हजार ७ सयभन्दा बढी पर्यटन उद्यमहरू र २ हजार ३ सयभन्दा बढी होमस्टेहरू सञ्चालनमा छन्।
सन् २०२० को अवधिमा तिब्बतले स्वदेश तथा विदेशबाट करिब १५ करोड पर्यटक भित्र्याएको छ जसबाट करिब २१२ दशमलव ६ बिलियन युआनको पर्यटन राजस्व आर्जन भएको पनि जनाइएको छ।
क्याटेगोरी : पर्यटन, विदेश, समाचार
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्