प्रहरीले भेटाउन नसकेको साढे ३३ किलो सुन,आरोपमा पक्राउ गर्दै धरौटीमा छोड्दै
काठमाडौं । केही बर्षदेखि साढे ३३ किलो सुन तस्करीको आरोपमा प्रहरीले बिभिन्न ब्यक्तीलाई पक्राउ गर्दै छोड्दै गरिरहेको छ । हुनत् प्रहरीले साढे ३३ किलो सुन खोज्न थालेको बर्ष नै बित्यो । तर, न सुन भेटाउन सकेको न त तस्करी गर्ने ब्यक्तीलाई नै । बिहिबार पनि साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त ‘गोरे’ का भाइ रमेश उप्रेती दुई लाख रुपैयाँ धरौटीमा छुटेका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले बिहीबार दुई लाख धरौटीमा छाड्न आदेश दिएको हो।
थुनछेक बहसपछि लम्सालको इजलासले दुई लाख धरौटीमा छाड्ने आदेश दिएको मोरङ अदालतका सूचना अधिकारी हेम बहादुर बुढाथोकीले बताए । युएई बस्दै आएका रमेश मङ्गलबार नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । प्रहरीले बुधबार अदालतमा उपस्थित गराएको थियो । सुन तस्करी प्रकरणको रहस्य बाहिरिएपछि फरार भएका उनी युएईमा बस्दै आएका थिए । उताबाट सुन नेपाल पठाउने गरेको आरोप लागेका रमेश दुबईबाट एयर अरेबियाको विमानमार्फत नेपाल आएका थिए ।
अदालतले सुन तस्करी प्रकरणसँगै जोडिएका सनम शाक्य हत्याको मुद्दामा आठ जनालाई भने दोषी ठहर गरेको थियो । मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेती सहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाएको थियो । भारतीय नागरिक राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजायको फैसला भएको थियो ।
जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते मुद्दा दायर गरेको थियो । तर, प्रहरीले अहिलेसम्म सुन तस्करी भएको थियो या थिएन भन्ने नै पत्ता लगाउन सकेको छैन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #साढे ३३ किलो सुन
ताजा खबर
- ११ करोड ८९ लाख मतदाताको सहभागिता, बदर मत ४.७ प्रतिशतमा सिमित
- २बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
- ३नयाँ सांसदहरूको शपथ चैत १२ गते सिंहदरबार परिसरमा
- ४एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
- ५रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने



तपाईको कमेन्ट लेख्नुहोस्