कांग्रेसले तोक्यो सबै नेताको वरीयता, शेखर कोइराला २० औं नम्बरमा(कसको वरीयता कति सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको वरीयतासहितको सूची सार्वजनिक गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयले सार्वजनिक गरेको सूचीमा सभापति शेरबहादुर देउवा पहिलो, उपसभापति पूर्णबहादुर खड्का दोस्रो र उपसभापति धनराज गुरुङ तेस्रो वरीयतामा रहेका छन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा क्रमशः चौथो र पाँचौ वरीयतामा छन् । उनीहरूपछिको वरीयतामा सहमहामन्त्रीहरू छन् । सहमहामन्त्रीमध्ये फरमुल्लाह मंसुर अघिल्लो वरीयतामा छन् । केन्द्रीय सदस्यहरूमध्ये पूर्वउपसभापति गोपालमान श्रेष्ठले शीर्ष वरीयता पाएका छन् । उनी १४औं वरीयतामा रहँदा निवर्तमान महामन्त्री डाक्टर शशांक कोइराला १५ औं वरीयतामा रहेका छन् ।
सभापतिका निकटतम प्रतिस्पर्धी डा. शेखर कोइराला २० औं वरियतामा रहेका छन् । उनीभन्दा अगाडि सभापति, पदाधिकारी र पूर्वपदाधिकारी रहेका छन् । निवर्तमान सहमहामन्त्री सुनीलबहादुर थापापछि कोइरालाको वरीयता रहेको छ । केन्द्रीय समितिमा थारु महिलातर्फबाट निर्वाचित जीवन राना १ सय ३५ औं वरीयतामा रहेकी छिन् ।
यस्तो छ कांग्रेस केन्द्रीय समितिको वरीयता
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कांग्रेस केन्द्रीय कार्यालय, #निर्वाचित पदाधिकारी
ताजा खबर
- १विद्या भण्डारीले पार्टी अध्यक्षमा आँखा गाडेकाले सदस्यता खारेज गरियोः ओली
- २चलचित्र जनक्रान्ति निर्माण हुने
- ३राजीनामा दिएको भनिएका मन्त्रीहरूलाई बहादुरले गरे बर्खास्त
- ४विद्या भण्डारी पक्षमा खुलेका युवा संघ लुम्बिनी अध्यक्ष खरेल निलम्बित
- ५मधेश जाँदै प्रधानमन्त्री ओली, भन्छन्– किसानका कुरा सुनौं भन्ने लागेको छ
तपाईको कमेन्ट लेख्नुहोस्