ओमिक्रोन र डेल्टा भेरियन्टले संक्रमणको सुनामी ल्याउन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी
काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन र डेल्टा भेरियन्टले संक्रमणको सुनामी नै ल्याउन सक्ने विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिएको छ । युरोप र अमेरिकामा कोरोनाका नयाँ सङ्क्रमित उच्च सङ्ख्यामा देखा परिरहेका बेला विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले सङ्क्रमण ‘सुनामी’को चेतावनी दिएका हुन ।
उनले कोरोनाका दुईवटा भेरियन्टको चुनौती निक्कै डरलाग्दो गरी बढेको बताए । अमेरिकाका शीर्ष सङ्क्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले सङ्क्रमणले आउँदो जनवरीको अन्त्यसम्ममा अमेरिकामा उच्च बिन्दुमा पुग्ने सम्भावना देखिएको बताए । सङ्क्रमण बढेपछि केही देशमा कोभिडको तेस्रो मात्रा खोप दिनेगरी बुस्टर अभियान समेत सुरु भएको छ ।
क्याटेगोरी : विदेश, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
- २रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने
- ३समानुपातिक सांसदलाई आज प्रमाणपत्र प्रदान गरिंदै
- ४किन आयो कांग्रेस सभापति गगन थापाको राजीनामा ?
- ५युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्