हङकङमा स्ट्यान्ड न्युजका सम्पादकसहित सात जना पक्राउ
काठमाडौं । हङकङ सरकारले स्ट्यान्ड न्युज समाचार संस्थाका सम्पादकसहित सात जनालाई पक्राउ गरेको छ । समाचारमार्फत राज्यविरुद्ध षड्यन्त्र गरेको आरोप लगाउँदै प्रहरीले स्वतन्त्र समाचार संस्थाका सम्पादक र पूर्वसम्पादकसहित कर्मचारीलाई पक्राउ गरेको हो । प्रकाशन गृहका पूर्व बोर्ड सदस्य तथ पप स्टार डिनाइज होलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रकाशन गृहमा छापा मार्न दुई सयभन्दा धेरै प्रहरी खटिएका छन् । प्रहरीले विज्ञप्ति निकालेर प्रकाशन गृहका समाचारसम्बन्धी कागजात नियन्त्रण गर्न आफूहरूले अधिकार पाएको जानकारी गराएको थियो । हङकङमा चीन सुरक्षासम्बन्धी नयाँ कानुन लागू भएपछि समाचार प्रकाशन–प्रसारणमा कडाइ गरिएको छ ।
नयाँ कानुनलाई आधार बनाएर प्रहरीले सञ्चार गृहमा धरपकड तथा सञ्चारकर्मी र सञ्चार उद्यमीहरूलाई पक्राउ गर्ने क्रम बढेको बीबीसीले जनाएको छ । यसअघि यो वर्षको सुरुमै हङकङ प्रहरीले लोकतन्त्र समर्थक अखबार एप्पल डेलीु को कार्यकक्षमा छापा मार्दै, केही शीर्ष सम्पादक र अखबारका संस्थापक जिमी लाई लगायतलाई पक्राउ गर्दै अखबार बन्द गर्न बाध्य गरिएको थियो ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #हङकङ सरकार
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्