Techie IT
  • ३० वैशाख २०८२, मंगलबार
KhojPatrika

त्रिभुवन विश्वविद्यालयले गर्यो ४७ औं दीक्षान्त समारोहमा २९ हजार ७२९ विद्यार्थीलाई दीक्षित


काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४७ औँ दिक्षान्त समारोहमा यस वर्ष विभिन्न संकाय र तह गरी करिब ३० हजार विद्यार्थी उत्तीर्ण भएका छन् । हरेक वर्ष त्रिविबाट मात्रै ७० हजार विद्यार्थी उत्तीर्ण हुने गर्छन् । यत्तिका विद्यार्थी बजारमा जागिरका लागि निस्किदा पनि सरकारले भने रोजगारीको अवसर सिर्जना गर्न सकेको छैन । नेपालमा लामो समयदेखि मौलाउँदै गएको जटिल समसस्या मध्ये एक हो बेरोजगारी । जसका कारण लाखौ दक्ष युवाहरु विदेशिने गर्छन् ।

हरेक वर्ष लाखौं विद्यार्थी आफ्नो पढाइ सकिएपछि रोजगारीका लागि निस्किने गर्छन् । ती मध्ये पनि एकदमै कम विद्यार्थीले मात्र रोजगारी पाउने गर्छन् । केहिले भनसुन कै आधारमा काम पाउँछन् भने केहिले त निकै कष्ट झेलेपछि मात्रै रोजगारी पाउँछन् । यो वर्ष त्रिविबाट मात्रै ३० हजार विद्यार्थीले विभिन्न तहको अध्ययन पूरा गरेका छन् । हरेक वर्ष त्रिविबाट ७० हजार देखि ८० हजार विद्यार्थी उतीर्ण हुनेगर्छन् ।

हरेक वर्ष यति धेरै विद्यार्थी रोजगारीका लागि बजारमा निस्किरहदाँ सरकारले रोजगारीको अबसर भने सिर्जना गर्न सक्दैन । जसका कारण विद्यार्थी भने विदेशिन बाध्य हुन्छन् । सोमबार दिक्षित भएका मध्ये पनि केहि विदेशिने तरर्खरमा देखिन्छन् भने केहि नेपालमै केहि गर्ने सोचमा लागेको देखिन्छ । भनेजस्तो अवस्था नभएपछि विद्यार्थी हतोत्साहित पनि भएको देखिन्छ ।

शिक्षा तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले देशको गरिबी निवारण गर्न र बेरोजगरी हटाउन विश्वविद्यालयको भुमिका रहने दाबी गरे । यता अहिलेसम्म पनि सरकारले भने रोजगारीको अवसर सिर्जना गर्ने वा स्वरोजगार मुलक रोजगारीका लागि उत्पे्ररणा दिन केहि काम गर्न सकेको छैन । प्रधानमन्त्री तथा त्रिविका कुलपति शेरबाहादुर देउवाले भने विश्वविद्यालयको शिक्षा सैद्धान्तिक मात्र नभइ, जीवन उपयोगी र प्रयोगात्मक हुनुपर्नेमा जोड दिए ।

यसरी देशका शिक्षित वर्ग तथा दक्ष जनशक्ति नै बेरोजगार हुदाँ देश विकासको गतिमा अवरोध उत्पन्न हुनसक्छ । सरकारले रोजगारको दायार बढाउँदै लैजान जरुरी छ भने स्वरोजगार बन्न चाहनेहरुका लागि सजिलै ऋण उपलब्ध गराउने व्यवस्था गर्न पनि त्यत्तिकै आवश्यक देखिएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #४७ औँ दिक्षान्त समारोह

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं