पाकिस्तानको कराचीमा बम विस्फोट, कम्तीमा १० जनाको ज्यान गयो, १२ घाइते
काठमाडौं । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराचीमा एउटा दुई तले भवनको भुइँ तल्लामा भएको बम विस्फोटमा कम्तीमा १० जनाको ज्यान गएको छ । १२ जना घाइते भएका छन् । अस्पतालका अनुसार १० शव र १२ घाइतेको नाम दर्ता भएको छ भने घटनामा गम्भीर घाइते भएका प्रायजसो घाइतेको अवस्था गम्भीर रहेको शहीद मोहम्मद बेनजिर भुट्टो इन्स्टिच्युट अफ ट्रमाका प्रमुख सञ्चालक मुहम्मद साबिर मेमनले जानकारी दिएका छन् ।
एक निजी बैंक र अन्य थुप्रै कार्यालयहरू भएको भवनमा ग्याँस चुहावटका कारण विस्फोट भएको बताइएको छ। विस्फोटमा भवन आंशिक रूपमा ध्वस्त भएको थियो र थुप्रै व्यक्तिहरू भग्नावशेषमा फसेको आशङ्का छ। उद्धार टोली फसेका मानिसहरुको खोजीका लागि भग्नावशेष हटाउन प्रयासरत रहेका छन्। कराची सिन्धको प्रान्तीय राजधानी हो।
सिन्धका मुख्यमन्त्री सैयद मुराद अली शाहले घटनाप्रति दुःख व्यक्त गर्दै आतङ्कवादको सम्भावनालाई ध्यानमा राखेर घटनाको अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्