अव नेपाल आउनेले ७ दिन क्वारेन्टिनमा बस्नु नपर्ने, चौतर्फी विरोधपछि सरकारले सच्यायो निर्णय
काठमाडौं । पर्यटन व्यवसायीको चौतर्फी बिरोधपछि विभिन्न ६७ देशबाट नेपाल आउनेले अनिवार्य ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने निर्णय सरकारले सच्याएको छ । अव आउनेले ७ क्वारेन्टिनमा बस्नु नपर्ने भएको अध्यागमन विभागले जनाएको छ ।
अर्को सूचना जारी नभएसम्म क्वारेन्टिन बस्नु नपर्ने अध्यागमनले शनिबार जनाएको छ । तर, कोभिड मापदण्डसम्बन्धी अन्य नियमहरु पनि यथावत रहने अध्यागमनको सूचनामा उल्लेख छ । क्वारेन्टिन बस्नुपर्ने नियमको पर्यटन व्यवसायीले विरोध जनाएका थिए ।
जर्मनी, बेल्जियमसहितका युरोपेली मुलुकसहित मलेसियाबाट नेपाल आउनेले अनिवार्य सातदिन क्वारेन्टिन बस्नुपर्ने सरकारको निर्णय थियो । ती मुलुकमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएपछि अध्यागमनले आगमन व्यवस्थापन गर्ने मन्त्रिपरिषद्को निर्णय बमोजिम क्वारेन्टिन नियम ल्याएको थियो । तर, हङकङसहित ९ वटा दक्षिण अफ्रिकी मुलुकमा लगाइएको आवागमनको रोक भने यथावत राखिएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, पर्यटन, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #पर्यटन व्यवसायी
ताजा खबर
- १प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रणका लागि राष्ट्रिय सभामा संकल्प प्रश्तावमाथि छलफलः नयाँ कानून र संरचना बनाउन सांसदहरूको माग
- २मुस्ताङमा युरेनियम उत्खननका लागि वैदेशिक सम्झौता भएको चर्चा निराधारः परराष्ट्रमन्त्री
- ३सबै उजुरीकर्तालाई संसदीय सुनुवाई समितिमा बोलाउन आवश्यक छैनः कविन्द्र बुर्लाकोटी
- ४संसदीय सुनुवाई प्रणालीलाई पुनरावलोकन गर्नुपर्छः वर्षमान पुन
- ५रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्