‘ईयूले दियो ओमिक्रोनका कारण सन् २०२२ मा स्वास्थ्य संकट आउने चेतावनी
काठमाडौं । युरोपेली संघ (ईयू )को स्वास्थ्य निकायले सन् २०२२ को सुरु सम्ममा स्वास्थ्य संकट आउने चेतावनी दिएको छ । ईयूले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारण स्वास्थ्य संकट आउने चेतावनी दिएको हो ।
यो भेरियन्टका कारण युरोपमा अस्पताल भर्ना र मृत्युको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । ‘युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल’ले भौतिक दूरी, मास्क र बुस्टर खोप कार्यक्रममा जोड दिन सबै सदस्य राष्ट्रहरूलाई आग्रह गरेको समाचार संस्था एएफपीले जनाएको छ ।
महामारी अगाडि नै देशहरुलाई आफ्नो क्षमता बढाउन र आवश्यक सावधानी अपनाउन साथै महामारी नियन्त्रणका लागि आवश्यक प्रयास थाल्न ढिला गर्न नहुनेमा युरोपेली आयोग प्रमुख उर्जुला भोन देर लायनले जोड दिएका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #युरोपेली संघ
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्