देउवालाई समर्थन गर्ने प्रकाशमानको निर्णय,दिउँसो साढे ३ बजे निर्वाचन
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति पदको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने बताएका छन् । देउवासँगको भेटपछि नेता प्रकाशमानले देउवालाई नै समर्थन गर्ने बताएका हुन् । भेटपछि पत्रकारहरूसँग कुरा गर्दै नेता सिंहले भने, ‘हामीले दोस्रो चरणको निर्वाचनमा देउवाजीलाई सहयोग गरेर जाने निर्णय गरेका छौं ।’ उनले देउवाले विधान संशोधन र पार्टीमा भइरहेका कमिकमजोरी सच्याउने प्रतिवद्धता जाहेर गरेको बताएका छन् ।
दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने छ । सिंहले देउवालाई समर्थन गर्ने निर्णय गरेकाले देउवा सभापतिमा निर्वाचित हुने लगभग पक्का भएको छ । पहिलो चरणको चुनावमा देउवाले २२५८ र कोइरालाले १७०२ मत पाएका थिए ।
३७१ मत पाएर तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, २५० मत पाएर चौथो स्थानमा विमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ सभापति पदको दोस्रो चरणको निर्वाचनबाट आउट भएका छन् ।सभापति पदका लागि दोस्रो चरणको निर्वाचन दिउँसो साढे ३ बजेदेखि सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले मतदानका लागि साढे ३ बजेदेखि साढे ७ बजेसम्मको समय निर्धारण गरेको हो ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रकाशमान सिंह, #शेरबहादुर देउवा
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्