अमेरिकापछि क्यानडा, अस्ट्रेलिया र बेलायतले पनि बेइजिङ ओलम्पिकको बहिस्कार गर्ने
काठमाडौं । अमेरिकापछि क्यानडा, अस्ट्रेलिया र बेलायतले पनि चीनमा अघिल्लो वर्ष हुने बेइजिङ ओलम्पिकको कुटनीतिक बहिस्कार गर्ने निर्णय लिएका छन् । चीनमा मानव अधिकारको खराव अवस्थालाई कारण देखाउँदै यी देशहरुले पनि कुटनीतिक बहिस्कार गर्ने निर्णय गरेको दाबी गरेका छन ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडे औले खेलमा अफिसियल डेलिगेशन नपठाउने बताएका छन् । उनले यो निर्णय ’चीनका लागि सप्राइजका रुपमा नआएको’ बताएका हुन् । यद्यपि क्यानडाका खेलाडीले भने प्रतियोगितामा सहभागिता जनाउने उनले स्पस्ट पारेका छन् । त्यस्तै अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शिन्जियाङमा मानवअधिकार उल्लङघनका घटनाहरु हुने गरेको दाबी गरेका छन ।
त्यस्तै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले संसदमा बोल्दै बेइजिङ ओलम्पिकको कुटनीतिक बहिस्कार हुने र त्यहाँ कुनै मन्त्रीहरुको उपस्थिति नहुने बताएका थिए । यसअघि अमेरिकाले पनि चीनमा हुने ओलम्पिकमा कुटनीतिक बहिस्कार गर्ने निर्णय लिएको थियो ।
यसअघि अमेरिकाले सन् १९८० को मस्को ओलम्पिकमा सोभियत युनियनमा अफगानिस्तान माथिको ब्यवहारलाई देखाउँदै बहिस्कार गरेको थियो । त्यतिबेला खेलाडीहरुलाई पनि फिर्ता बोलाएको थियो । बेइजिङमा अर्को वर्ष फेब्रअरीबाट शीतकालीन ओलम्पिक सुरु हुँदैछ ।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ट्याग : #बेइजिङ ओलम्पिक
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्