काँग्रेस महाधिबेशनः प्रतिनिधिलाई भृकुटीमण्डपमा खाजा र खाना, होटलमा ८ सयको सुत्ने खाट
काठमाडौं । नेपाली काँग्रेसले १४ औं महाधिवेशनमा भाग लिन काठमाडौं आउने महाधिवेशन प्रतिनिधिहरूका लागि भोजन र आवासको ब्यवस्था मिलाएको छ । महाधिवेशनमा खान र बस्नका लागि मात्रै करिब साढे तीन करोड खर्च लाग्ने कांग्रेसले अनुमान गरेको छ । मंसिर २४–२७ मा काठमाडौंको भृकुटीमण्डपमा हुने महाधिवेशनमा सहभागी प्रतिनिधिहरूका लागि गाँस र बासको व्यवस्थापन मिलाइसकिएको भोजन तथा आवास व्यवस्थापन समितिले धमाधम काम गरिरहेको छ ।
प्रतिनिधिहरूको बाटो खर्च सम्बन्धित व्यक्ति वा जिल्लाबाटै व्यहोर्ने नीति लिएको छ भने महाधिवेशन प्रतिनिधिहरूलाई निश्चित अवधिसम्म आवास र खाना खर्च पार्टीले व्यहोर्ने छ । खानाको मेन्युमा बिहान खाजा र खाना अनि दिउँसो चिया र बेलुकाको खाना महाधिवेशनस्थल भृकुटीमण्डपमै मिलाइनेछ । होटलमा प्रतिनिधिले सुत्नमात्रै पाउने छन् । काँग्रेसले महाधिवेशन प्रतिनिधिका लागि काठमाडौंका करिब ८ सय वटा होटलहरू बुकिङ गरेको छ ।
प्रतिनिधिको आवासका लागि ४५ सय बढी बेडको व्यवस्था गरिएको छ । प्रतिनिधिका लागि काठमाडौंमा करिब एक सयवटा होटेल बुकिङ गर्नुपर्नेछ । भोजनका लागि दुईवटा फुडल्याण्ड र आवासका लागि करिब सयवटा होटेलको व्यवस्था गरिदैछ । महाधिवेशन प्रतिनिधिलाई २३ गतेदेखि २७ गतेसम्म आवास र २४ गतेदेखि भोजनको व्यवस्था मिलाएको छ ।
प्रतिनिधिको खानपिनको व्यवस्था भृकुटीमण्डपमै गरिनेछ । टुरिस्ट स्ट्याण्डरको होटलमा बेडहरू बुकिङ गरिएको छ । पछिल्लो समय सीसीएमसीले होटेल आइसोलेसनमा बस्नका लागि बनाएको मापदण्डअनुसारको होटेलमा महाधिवेशन प्रतिनिधिलाई सुताइनेछ । मापदण्डको होटेलमा सालाखाला ८ सयका दरले बेडहरू बुकिङ गरिएको छ । विदेशबाट आउने अथितिको व्यवस्था मिलाउन बाँकी छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #१४ औं काँग्रेस महाधिबेशनः
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्