अमेरिकाले एमसीसी पास गर्न किन दिइरहन्छ दवाव,नेपालका नेता जवाफ बिहिन

काठमाडौं । नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता अनुसार नेपालले राख्ने कि नराख्ने विषयमा छिटो निर्णय लिन राजनीतिक दलका शीर्ष नेताहरुलाई चेतावनी दिएका छन् । एमसीसी संझौता अनुसार संसदबाट अनुमोदन गरेर नेपालले नराख्ने हो भने अमेरिकालाई तत्काल जवाफ दिन चेतावनी दिएका हुन् । नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आगामी मंसिर २८ गतेसम्म एमसीसी संझौता नेपालले कार्यान्वयन गर्ने नगर्ने स्पस्ट पार्न तिथि मिति नै निर्धारण गरेर शराजनीतिक दलका शीर्ष नेतासँग चेतावनीको भाषामा अमेरिकाको असन्तुस्टि पोखे ।
एमसीसी संझौता कार्यान्वयन गर्न भन्दा नर्गन राजनीतिक दलका नेतालाई दबाब बढेको छ । तर, एमसीसी नेपालको पूर्व राष्ट्रिय संयोजक कृष्ण ज्ञवाली भने एमसीसी संझौता कार्यान्वयन गरेर अगाडि बढ्दा नेपालको विकासमा सहयोग पुग्ने धारणा राख्छन् । आगामी मंसिर २८ गतेसम्म एमसीसी संझौता कार्यान्वयन गर्ने भए अमेरिकाले यो सहयोग अरु देशमा लैजाने भनेर नेताहरुलाई अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रस्ट पारेका छन् । लुले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का, मन्त्रीहरुलाई पनि भेटेर छिटो एमसीसी संझौता कार्यान्वयन गर्न तातो लगाएका थिए ।
यसैगरी सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि शुक्रबार भएको भेटमा सहायक विदेशमन्त्री लुले समयसीमा निर्धारण गरेर एमसीसीका विषयमा निर्णय आग्रह गरेका हुन् । नेपालमा एमसीसी सम्झौता अघि बढाउने कि नबढाउने भन्ने १४ डिसेम्बरसम्म अमेरिकालाई प्रस्ट जवाफ दिन आग्रह गरेका हुन् । सो अवसरमा लुलाई माओवादी केन्द्रका अध्यक्ष दाहालले प्रष्ट जवाफ भने दिएनन् । दाहालले विदेशीको सहयोग लिने विषयमा नेपाल सकारात्मक नै रहेको तर एमसीसी सम्झौताका कागजातका कारण नेपालमा अहिले बहस चलिरहेको लुलाई बताएका थिए ।
दाहालले पहिले भएको सम्झौतामापछि संसदीय अनुमोदनको कुरा जोडिएपछि नेपालमा धेरै ठूलो बहस चलेको अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई जानकारी गराए । दाहालले एमसीसी अनुमोदनका विषयमा आफ्नो पार्टी माओवादी केन्द्रले यसअघि विरोधमै रहेको जानकारी पनि गराएका थिए । सहायमन्त्री लुले शुक्रबार नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटेर एमसीसी अनुमोदनका विषयमा प्रश्न गरे । उनले एमसीसीका विषयमा एमालेको धारणा मागेका थिए ।
एमाले विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार अध्यक्ष ओलीले आफूहरू विपक्षी दल भएको र यस विषयमा सत्तारुढ दलले आफूहरुलाई केही जानकारी नगराएको जवाफ दिएका थिए ।यसअघि एमसीसीका उपाध्यक्ष फातिमा सुमारले पनि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यही प्रश्न सोधेकि थिइन् । सत्ता साझेदार पाँच दलीय गठबन्धनका अरु शीर्ष नेतासँग पनि लुले भेट गरेर एमसीसी अनुमोदन गर्ने नगर्ने जवाफ दिन आग्रह गरेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु, #एमसीसी, #एमसीसीमा तगारो
तपाईको कमेन्ट लेख्नुहोस्