सर्बोच्चमा वकिलको टाउकोमा बर्सियो प्रहरीको लाठी,शुक्रबारसम्म राजीनामा दिन राणालाई अल्टिमेटम

काठमाडौं । प्रधानन्यायाधिस चोलेन्द्र शमशेर राणाको राजिनामा माग्दै गत कार्तिक १४ गतेदेखी आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनका सदस्यहरु अझैपनि थाकेका छैनन् । बरु आन्दोलनको स्वरुप हेर्दा हरेक दिन नेपाल बारका सदस्यहरु झन् जोसिलो बनेको देखिन्छ । त्यही कारण उनीहरुको आन्दोलन शान्तिपूर्णबाट झपडतिर मोडिन पनि थालेको छ । अरुबेला शान्तिपूर्ण रुपमा सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमा धर्ना दिँदै आएको नेपाल बारले बिहीवार सर्वोच्चको दोस्रो प्रवेशद्वारमा गएर प्रधानन्यायाधिसलाई अदालत प्रवेश गर्नबाट रोक्ने योजना बनायो ।
कानून व्यवासयाीहरु मुख्य प्रवेशद्धारमा मात्र धर्नामा बस्दा प्रधानन्यायाधीस राणा सधैँ दोस्रो द्धारबाट सर्वोच्चमा प्रवेस गर्दै आएका थिए । प्रधानन्यायाधीसमाथि दबाब बढाउने उद्देश्यबाट उनीहरु दोस्रो द्धारमा जाँदै थिए । तर उनीहरुको योजनामा नेपाल प्रहरी बाधक बन्यो । जसले गर्दा आधा घण्टा भन्दा बढी समय त प्रहरी र कानुनब्यवसायी बिच घम्साघम्सी मै बित्यो । दङगा नियन्त्रणका उपकरण सहित ठुलो संख्यामा खटिएका प्रहरीसँग भएको घम्साघम्सीले आधा दर्जन भन्दा धेरै कानुन ब्यवसायी घाइते नै भए । घाइते मध्ये कतिपयलाई अस्पताल नै लैजानुपर्ने अवस्था आयो । झन्डै एक घन्टा प्रदर्शनमा उत्रिएका कानुन ब्यवसायीले अन्य दिनमा झै अन्तिममा बिरोध सभा गरे ।
विरोधसभामा बोल्दै कानुन ब्यवसायीहरुले प्रहरिको हस्तक्षेप बिरुद्द चर्को अभिब्यक्ती दिए । कतिपयले भने यो आन्दोलनबाट नमानेका प्रधानन्यायधीसलाई झुकाउन देशभरका कानुन ब्यवसायीहरु सर्वोच्च अदालत आएर विरोध चर्काउनुपर्ने सुझाव दिए । बारीष्ठ अधिवक्ता हरिहर दाहालले यो आन्दोलनले प्रधानन्यायाधिसलाई रजिनामा गराउन पर्याप्त नहुने भन्दै राष्ट्रिय सम्मेलनको रुपमा देशभरका कानुन ब्यवसायी काठमाण्डौ आएर बिरोध गर्नुपर्ने कार्यक्रम ल्याइनुपर्ने सुझाव बारलाई थिए ।
बिहिबार सिर्जित तनावपूर्ण बातावरणबाट आक्रोशित बनेका कानुन ब्यवसायीले अबको आन्दोलन झन् बढी कडा हुँदै जाने चेतावनी दिएका छन । अधिवक्ता ओमप्रकाश अर्यालले प्रहरी हस्तक्षेपलाई चुप लागेर सहन नसकिने भन्दै सर्वोच्च प्रशासन र गृह मन्त्रालयले माफि माग्नुपर्ने बताए । उनले यो घटनालाई अन्तराष्ट्रियकरण गरेर आफुहरुले न्याय नै लिइ छाड्ने चेतावनी समेत दिए । प्रधानन्यायाधिसको बिरुद्द नेपाल बारले आन्दोलन गरेको १८ दिन बितिसक्यो । नेपाल बारले अहिले तेस्रो चरणको आन्दोलन गरिरहेको छ । शुक्रबारसम्म रजिनामाको अल्टिमेटम दिएको नेपाल बारले यो घटनापछी झन् उघ्र आन्दोलन गर्ने हो भन्ने आशंका समेत उत्पन्न भएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #राणाको राजिनामा
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्