सर्वोच्चमा सबै मुद्दाको पेसी चढ्यो, प्रधानन्यायाधीश समेतको इजलास तोकियो
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबार बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य मुद्दा पनि राखेर पेसी तोकेका छन् । यसअघि असन्तुष्ट न्यायाधीशसँग भएको छलफलका आधारमा जबराले बन्दी प्रत्यक्षीकरणका रिट मात्रै पेसीमा राख्दै आएका थिए ।मंगलबारका लागि तोकिएको पेसीमा उनले अन्य मुद्दासमेत पेसीमा चढाएका छन् भने आफूलाई समेत एकल इजलासमा पेसी तोकेका हुन् ।
प्रधानन्यायाधीश जबराले आफ्नो एकल इजलासमा मानव बेचविखन तथा ओसारपसार, जवरजस्ती करणी, लागू औषध, कर्तव्य ज्यान, वैदेशिक रोजगार कसुर, सवारी ज्यान लगायतका मुद्धा राखेका छन् । मंगलबारको पेसीमा १० वटा इजलास गठन गरेका प्रधानन्यायाधीश जबराले आफूलाई मात्रै एकल इजलास तोकेका छन् ।
अन्य न्यायाधीशहरूलाई भने उनले संयुक्त इजलासमा पेसी तोकेका छन् । मंगलबारको पेसीमा न्यायाधीशद्वय दीपककुमार कार्की र नहकुल सुवेदी, मीरा खड्का र कुमार रेग्मी, हरिकृष्ण कार्की र सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडाल, डा. आनन्दमोहन भट्टराई र डा. मनोजकुमार शर्मा, डा. आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गाना, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल र वमकुमार श्रेष्ठ, तेज बहादुर केसी र मनोजकुमार शर्मा तथा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलास तोकिएको छ ।
यसैबीच मंगलबार बन्दी प्रत्यक्षीकरणबाहेकका अन्य मुद्धा पनि राखेर प्रधानन्यायाधीशले पेसी तोकेपछि असन्तुष्ट न्यायाधीशहरु इजलासमा नबस्ने बताएका छन् । एक न्यायाधीशले प्रधानन्यायाधीशले सहमति विपरीत पेसी तोकेको कारण इजलासमा नबस्ने जानकारी दिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #असन्तुष्ट न्यायाधीश, #चोलेन्द्र शमशेर जबरा
ताजा खबर
- १शीतल निवासले सरकार–तीन दल खोल्यो छलफलको ढोका, अब बालुवाटारमा जुट्ने
- २क्रियाशील सदस्यता वितरणमा समन्वय र सहजीकरण गर्न जिल्ला सभापतिहरूलाई कांग्रेसको निर्देशन
- ३सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीः निर्वाचनलाई संकट हैन, खुशीको रुपमा लिऔं
- ४सिंहदरबार बैठकमा रास्वपाको दाबीः दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ
- ५कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल



तपाईको कमेन्ट लेख्नुहोस्