सामाजिक सञ्जाल फेसबुकको नाम परिवर्तन,अब मेटा
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले आफनो नाम परिवर्तन गर्ने भएको छ । फेसबुकको परिवर्तन गरिएको नाम मेटा राखिने भएको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकको नाम परिवर्तन गरेर मेटा राख्ने घोषणा गरेका हुन् । लामो समयदेखि फेसबुकले नाम परिवर्तन गर्नेबारे चर्चा चलिरहेको थियो ।
फेसबुकका संस्थापक जुकरबर्गले आफनो सामाजिक सञ्जाललाई दोस्रो पटक ब्राण्डिङ गर्न चाहेको बताएका छन् । जुकरबर्ग फेसबुकलाई सामाजिक सञ्जालको रुपमा मात्रै सीमित गर्ने पक्षमा नभएको र मेटाभर्स बनाउने कार्यमा धेरै अघिदेखि लागि परेको बताइएको छ । भर्चुअल माध्यमको मेटाभर्समा फरक फरक विशेषताहरु छन्।
जुकरबर्गले गोपनियता र सुरक्षालाई मेटाभर्समा निर्माण गर्नुपर्ने बताए । कम्पनीले फेसबुकको नयाँ नाम परिवर्तन गरेसँगै रोजगारीको नयाँ अवसर पनि खोल्ने जनाएको छ । युवा प्रयोगकर्ताहरुको मानसिक स्वास्थ्यमै असर पारेको आरोप लागिरहेका बेला फेसबुकले आफनो कम्पनी नाम बदलेको हो ।
पछिल्लो समय आफ्नै पूर्वकर्मचारीले अमेरिकी संसदमा फेसबुकका गोप्य तथ्यहरुको खुलासा गरिदिएसँगै फेसबुक दबाबमा परेको छ । साथै फेसबुकले आफूलाई केवल सोसल मिडिया भन्दा व्यापक भएको कम्पनीको रुपमा चिनाउन चाहेको जनाएको छ । फेसबुकले पछिल्लो समय स्मार्ट चस्मा लगायतका कन्जुमर हार्डवेयर उत्पादन सुरु गरिसकेको छ र यसका लागि १० हजारभन्दा धेरै कर्मचारी खटाइसकेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश, समाचार
ट्याग : #फेसबुक, #सामाजिक सञ्जाल
ताजा खबर
- १सबैलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकारले आवश्यक कदम चालोस्ः अध्यक्ष दाहाल
- २सौराहामा रास्वपाको विस्तारित बैठक शुरु (तस्बिरसहित)
- ३बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
- ४सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
- ५गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण



तपाईको कमेन्ट लेख्नुहोस्