तीन महिनामै फेसबुकले कमायो नौ अर्ब डलर
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले तीन महिनामा नौ अर्ब डलर नाफा कमाएको छ । गएको जुलाईदेखि सेप्टेम्बरसम्ममा नौ अर्ब डलर मुनाफा गरेको कम्पनीले जनाएको छ । कम्पनीले अघिल्लो वर्ष यही अवधिमा ७ दशमलव ८ अर्ब डलर मात्र नाफा कमाएको थियो । केही समय अघि फेसबुकले व्यक्तिको कयौँ आन्तरिक दस्ताबेज लिक गरेको भन्दै खबरहरु प्रकाशित भएका थिए ।
त्यसपछि सबैतिर फेसबुकको विश्वसनीयतालाई लिएर आलोचना भएको थियो । तर, फेसबुकका संस्थापक मार्क जुकरबर्गले भने कम्पनीलाई झुटो आरोप लगाएको बताएका थिए । एक वर्षयता मासिक प्रयोगकर्ताको सङ्ख्या पनि ६ प्रतिशतले बढेर २ अर्ब ९१ करोड पुगेको फेसबुकले जनाएको बीबीसीको खबरमा उल्लेख छ ।
क्याटेगोरी : विदेश, समाचार, सामाजिक सञ्जाल
ट्याग : #फेसबुक, #सामाजिक सञ्जाल
ताजा खबर
- १सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने
- २हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना
- ३चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
- ४जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव
- ५रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?



तपाईको कमेन्ट लेख्नुहोस्