साढे ५५ हजारभन्दा धेरै अफगानी शरणार्थीहरूलाई अमेरिकाले पुनःस्थापना गर्ने
काठमाडौं । अमेरिकाले अमेरिकाको सैन्य बेसबाट उद्धार गरिएका साढे ५५ हजारभन्दा धेरै अफगानी शरणार्थीहरुलाई स्थायी रुपमा बसोबास गर्ने गरी पुनःस्थापना गर्ने भएको छ । बाइडेन प्रशासनले अमेरिकाको सैन्य बेसबाट उद्धार गरिएका ५५ हजार ६ सय अफगानी शरणार्थीलाई स्थायी रुपमा बसोबास गर्ने गरी पुनःस्थापनाको कार्यक्रम ल्याउन लागेको हो ।
सैन्य शिविरबाट यति धेरै अफगानीहरूलाई स्थायी बसोबास गर्न ल्याउनु सन् १९८० पछिको पुनःस्थापना कार्यक्रममध्ये सबैभन्दा ठूलो कार्यक्रम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।अहिले अफगानिस्तानमा, अमेरिकाको पक्षमा काम गर्ने धेरै अफगानीहरू, अमेरिकी सैनिक बेसहरूमा स्थापित शरणार्थी शिविरहरूमा बसोबास गरिरहेका छन् ।
अमेरिकामा नयाँ जीवन सुरु गर्दा अफगानीहरूलाई उनीहरूको बस्ती र सहरमा आर्थिक सहयोग वा पुनर्वासका लागि मद्दत गर्नु कार्यक्रमको उद्देश्य भएको बताइएको छ । कार्यक्रम स्वीकृत भएमा उनीहरुलाई आवास, चिकित्सा, बालबालिका विद्यालय भर्ना लगायतका सेवा सुविधा उपलब्ध गराइनेछ ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #अमेरिकाको सैन्य बेस
ताजा खबर
- १एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
- २रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने
- ३समानुपातिक सांसदलाई आज प्रमाणपत्र प्रदान गरिंदै
- ४किन आयो कांग्रेस सभापति गगन थापाको राजीनामा ?
- ५युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्