भित्र्याउने धान बाढीले बगायो,कहिले हुन्छ राहात घोषणा

काठमाडौं । दशैको रमझमपछि खेतवारीको धान भित्र्याउन कम्मर कसेका किसानहरुको सपना बाढीले चक्नाचुर पारिदियो । कतिपय ठाउँमा काटेर खेतमै रहेको धान त कतिपयको काट्न तयार भएको धान बाली बाढी पसेपछि छेण भरमै स्वाहा पारिदियो । किसानका सपना धेरै थिए । बर्षभर खाने अन्न भित्र्याउला, कतिपयले धान बिक्री गर्दै छोरा छोरी पढाउनेदेखि ऋण तिर्ने मात्रै होइन केहीले सोही धान बिक्री गरी नयाँ कामको थालनी गर्ने सपना पनि बुनिरहेका थिए । तर, ती सपना स्वाहा पार्न एक मिनेट पनि लागेन । किसान खेतको डिलमा बसेर आँसू बगाउनु बाहेक अर्को विकल्प केही रहेन ।
अझ कतिपय स्थानमा त खेत नै बगरमा परिणत भइदिएको छ । वर्षाकै कारण २० अर्बभन्दा बढीको धानबाली नष्ट भएको प्रारम्भिक तथ्यांक कृषि तथा पशुपन्छी विकास मन्त्रालयको छ । नेपालमा २७ लाख हेक्टर जमिन खेतीयोग्य छ । जसमध्ये १५ लाख ५२ हजार ४६४ हेक्टरमा धान खेती हुँदै आएको छ । हाल धान उत्पादन गरिरहेका मध्ये २५ प्रतिशत कृषक बाढीपहिरो र डुबानको मारमा परेका छन् । बर्सेनि कृषिमा ठूलो विपत् र समस्या सिर्जना भएपनि सरकारले गम्भीर भएर काम गरेको पाइएको छैन । किसानहरुले खेतीको समयमा रासायनिक मलको अभाव सधैँ भोगिरहनुपर्छ ।
यस्तै, खुला सिमाना भएकाले खासगरी भारतबाट भित्रिने विभिन्न रोग र किराले किसानले लगाएको बालीनालीमा क्षति पु¥याउँदै आएको छ । तर, अह किसानको मन जति रोए पनि सत्तामा बस्नेहरुको मन रोएकै छैन् । एक सातादेखि लगातार परेको बर्षाका कारण सय बढीले ज्यान गुमाइसके । अझै कयौ ब्यक्तीहरु बेपत्ता छन् । बाढी र पहिरोबाट बल्ल तल्ल ज्यान जोगाएकाहरुलाई पनि संघीय र प्रदेश सरकारले राहात दिने भन्दै घोषणा मात्रै गरिरहेका छन् ।
बस्ने ठाउँ छैन् खाने गाँस छैन् र लगाउने कपडा पनि छैनन् । त्यसको जोहो कसरी गर्ने भन्ने चिन्तामा नागरिक रहदा हेलिकप्टरबाट स्थलगत निरिक्षणमै पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा भाषण गर्दा बोलेको भन्दै सार्वजनिक मञ्चबाटै हप्कीदप्की गर्छन् । प्रधानमन्त्री देउवा कर्णाली र सुदुरपश्चिमका बिभिन्न जिल्लामा पुगे । तर, पिडितसँग भलाकुसारी गर्ने समय नै पाएनन् । अभिभावक पुग्दा आसा र भरोसा सबैलाई लाग्छ । प्रधानमन्त्री देउवाले पनि आश्वासन त दिएकै छन् । तर, पिडित भनिरहेका छन् पूरा कहिले होला ?
क्याटेगोरी : अर्थ, खेती किसानी, जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, विचार/लेख, समाचार
ट्याग : #धान बाढीले बगायो
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्