सरकारी कोषबाट दोहोरो सुविधा लिने २४६६ जनाको सुविधा कट्टा
काठमाडौं । २ हजार ४ सय ६६ जनाले सरकारी कोषबाट निवृत्तिभरण र सामाजिक सुरक्षा भत्ता दुवै लिएको भेटिएको छ । गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा ऐन, २०७५ बमोजिम सरकारी कोषबाट निवृत्तिभरण पाइरहेका व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्था बमोजिम २ हजार ४ सय ६६ जनाको दोहोरो सुविधा कट्टा गरेको जानकारी दिएको हो ।
विभागले असोज २४ गते देशभरका सवै स्थानीय तहलाई परिपत्र जारी गर्दै लाभग्राहीमध्ये कसैले निवृत्तिभरण नलिएको पुष्ट्याई सहित प्रमाण पेश गरे तथ्य यकिन गरी पुन नियमअनुसार लागत कायम गर्न अनुरोध समेत गरेको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ८४ हजार ७ सय ६३ जना लाभग्राहीहरुले निवृत्तिभरण समेत लिएको हुनसक्ने देखिएपछि स्थानीय तहबाट थप पुस्ट्याई गर्न खोजिएको छ ।
दोहोरो सुविधाको पुष्टि भएमा वास्तविकताको यकिन गरी ती लाभग्राहीहरुले निवृत्तिभरण समेत प्राप्त गरेको पाइएमा स्थानीय तहबाटै लागत कट्टा गर्न भनिएको छ । यो तथ्यले निवृत्तिभरण र सामाजिक सुरक्षा भत्ता दुवै लिनेहरु संख्या धेरै छ भन्ने समेत खुलाएको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #निवृत्तिभरण, #सामाजिक सुरक्षा भत्ता
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्