Techie IT
  • २६ भदौ २०८२, बिहीबार

भारतको उत्तराखण्ड र केरलामा बाढी र पहिरोबाट ९६ जनाको मृत्यु


भारत । लगातार केही दिनदेखि परिरहेको बर्षाका कारण भारतको विभिन्न ठाउँको जनजीवन अस्तव्यस्त बनेको छ । उत्तराखण्डमा केही दिनको लगातारको वर्षाका कारण आएको बाढी र पहिरोबाट ५४ जनाको ज्यान गइसकेको छ भने १९ जना घाइते भएका छन् । अझै केही बेपत्ता भएका छन् । केरलामा बाढी र पहिरोमा परि ४२ जनाको ज्यान गएको छ ।

देशका अरु राज्यका विभिन्न ठाउँमा समेत ठूलो पानी परेकाले जनजीवन नराम्ररी प्रभावित भएको छ । भारतको मौसम विज्ञान विभागले अझै तीन दिन ठूलो पानी पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । धेरै ठूलो पानी पर्न सक्ने भएकाले केरलाका विभिन्न आठ जिल्लामा अलर्ट जारी गरिएको छ ।

तीव्र गतिमा हावा चल्न सक्ने भएकाले सावधानी अपनाउन पनि आग्रह गरिएको छ । केरला आसपासको क्षेत्रमा ४० देखि ५० किलोमिटर प्रतिघण्टा हावा चल्न सक्ने भन्दै सावधान रहन भनिएको छ । अबको तीन दिन विशेषगरी केरला, तमिलनाडु, पुड्चेरी र कराइकलमा ठूलो पानी पर्ने सम्भावना रहेको भारतको मौसम विज्ञान विभागले जनाएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #उत्तराखण्ड

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं