एनआरएनएको अध्यक्षमा बद्री केसीको उम्मेद्वारी घोषणा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आगामी नेतृत्वको लागि डाक्टर बद्री केसीले उम्मेद्वारी घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा समृद्धि र रुपान्तरण, हाम्रो साझा अभियान भन्ने नारासहित केसीले आगामी नेतृत्वका लागि उम्मेद्वारीको घोषणा गरेका छन् । उम्मेद्वारी घोषणा गर्दै केसीले वैदेशिक रोजगारीका लागि मानवअधिकार र सुरक्षाको प्रत्याभूत भएका देशहरूसँग साझेदार गर्ने बताए ।
उनले गैरआवासीयलाई नागरिकता दिलाउने, गैरआवसीय नेपालीको लगानी नेपाल भित्राउने लगायतका प्रतिवद्धता जनाए । आफु अध्यक्षमा निर्वाचित भए श्रमिकको पैसाले श्रमिककै लागि श्रम बैंक खोल्ने, एनआरएनए फाउन्डेसनको संरचना नेपालका सातै प्रदेशमा विस्तार गर्ने, एनआरएनए र नेपाल सरकारबीच थप प्रगाढ सम्बन्ध स्थापित गर्ने लगाएतका काम गर्ने उनले बताए ।
बर्तमान कार्यसमिति उपाध्यक्ष समेत रहेका केसीले यसअघि आफुले अघि सारेका कामलाई पूरा गर्नका लागि अध्यक्षमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताएका थिए । गैरआवासीय नेपाली संघ (एनआरएनए) १० औं महाधिवेशमार्फत नयाँ नेतृत्वको लागि कुल आचार्य र रबीना थापाले यसअघि नै उम्मेद्वारी घोषणा गरिसकेका छन् ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, राजनीति, समाचार
ट्याग : #बद्री केसीले उम्मेद्वारी घोषणा
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्