परीक्षणकै क्रममा रहेको कोरोना भाइरसविरुद्धको खाने औषधी प्रभावकारी
काठमाडौं । परीक्षणकै क्रममा रहेको कोरोना भाइरसविरुद्धको खाने औषधिले प्रभावकारी काम गरेको अमेरिकी औषधि उत्पादक कम्पनीले जानकारी दिएको छ । अमेरिकामा अन्तिम परीक्षणमा रहेको ‘मोल्नापिराविर’ औषधिले गम्भीर बिरामी र ज्यान जानसक्ने अवस्थालाई रोक्न सकिने नतिजा आएको हो ।
यो ट्याब्लेट दिनको दुई पटक कोरोना सङ्क्रमित बिरामीलाई दिइएकोमा नतिजा सकारात्मक आएको बताइएको छ । अबको दुई हप्ताभित्रै अमेरिकामा यो औषधिको आकस्मिक प्रयोगका लागि स्वीकृति माग्दै निवेदन दिने उत्पादनक कम्पनीले जानकारी दिएको छ । फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन एफडीएले परीक्षण नतिजा पुनःमूल्याङ्कन नगर्दासम्म औषधिको प्रयोगमा सावधानी अपनाउनुपर्ने जनाएको छ ।
यो औषधि सुरुमा इन्फ्लुएन्जाको उपचारका लागि विकास गरिएको भएपनि अहिले कोभिड–१९ को भाइरस शरीरमा फैलिन नदिने जेनेटिक कोड राखेर परीक्षण गरिएको थियो । ७ सय ७५ जनामा गरिएको परीक्षणमा औषधि खाएकामध्ये ७ दशमलव ३ प्रतिशत मात्रै अस्पताल भर्ना हुनु पर्ने गरी बिरामी भएका पाइएको छ । यसलाई सकारात्मक नतिजाका रुपमा हेरिएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #कोरोना भाइरसविरुद्धको खाने औषधि
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्