प्रधानमन्त्री देउवाले बोलाएको बैठकमा एमाले अध्यक्ष ओली अनुपस्थित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । संसदमा जारी अवरोध हटाउने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका थिए ।
अध्यादेश ल्याएर आफ्नो दल फुटाएको र सभामुख त्यसमा सहयोगी बनेको भन्दै एमालेले निरन्तर संसदमा विरोध गर्दै आएको छ। गैरसंवैधानिक अध्यादेश ल्याएर गर्नुपर्ने जति सबै काम गरेपछि बोलाइएको सर्वदलीय बैठकको कुनै अर्थ नहुने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए । उनले अध्यक्ष केपी शर्मा ओली र एमालेका कुनै पनि प्रतिनिधि बैठकमा नजाने जानकारी दिए ।
यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिस्कार गरेको थियो । सभामुखले आफूहरुले कारवाही गरेका १४ सांसदको सूचना टाँस गर्नुपर्ने या मार्गप्रशस्त गर्नुपर्ने भन्दै त्यो बाहेकका ऐजेन्डामा कुनै छलफल नहुने एमालेको अडान छ। यही विषयमा एमालेले संसदमा अवरोध जारी राखे पनि सभामुखले भने सदनका कारवाही अगाडि बढाइरहेका छन्।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #सर्वदलीय बैठक
ताजा खबर
- १लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- २सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ३भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ४समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
- ५ओलीले सांसदहरूलाई भनेढुक्क रहनू, हाम्रा सबै नीति सही छन्
तपाईको कमेन्ट लेख्नुहोस्