एक बर्षमा चौधरी ग्रुपले सरकारलाई बुझायो १४ अर्व २८ करोड राजश्व
काठमाडौं । चौधरी ग्रुपले आर्थिक बर्ष २०७७/०७८ मा नेपाल सरकारलाई १४ अर्ब २८ करोड रूपैयाँ राजस्व बुझाएको छ । नेपाली काँग्रेसका सांसद समेत रहेका उद्योगी विनोद चौधरी नेतृत्वमा सञ्चालित उद्यम व्यवसायबाट एक बर्षमा सरकारी ढुकुटीमा १४ अर्ब २८ करोड बराबरको राजश्व जम्मा भएको हो ।
पछिल्लो बर्ष नेपाल सरकारको कुल राजश्वमा चौधरी ग्रुपको योगदान १ दशमलब ७३ प्रतिशत रहेको छ । एउटा ब्यापारिक समूहबाट सरकारको राजश्वमा भएको योगदानमा सम्भवतः यो सबैभन्दा ठूलो योगदान हुने चौधरी ग्रुपले दावी गरेको छ ।
कोभिड–१९ का कारण विश्वब्यापी अर्थतन्त्र ओरालो लागेको, नेपालको समग्र अर्थतन्त्र शिथिल बनेको, निजी क्षेत्रद्वारा सञ्चालित उद्यम व्यवसायमा प्रत्यक्ष नकारात्मक असर परेको र आपूर्ति श्रृखंला अवरुद्ध भई ब्यापारिक कारोबारमा ब्यापक गिरावट आएको समयमा चौधरी ग्रुपले राजश्वमा गरेको योगदानलाई सकारात्मक रुपमा लिइएको छ ।
स्वास्थ्य संकटको व्यवस्थापन र कोभिड खोप खरिद लगायत सरकारका अत्यावश्यक दायित्व व्यवस्थापनमा आफ्नो राजश्वको योगदानले महत्वपूर्ण भूमिका निर्वाह गरेको विनोध चौधरीले जानकारी दिए ।
क्याटेगोरी : अर्थ, जीवनशैली, प्रमुख समाचार, समाचार
ट्याग : #उद्योगी विनोद चौधरी, #चौधरी ग्रुप
ताजा खबर
- १नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा
- २कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छः सुरेन्द्र पाण्डे
- ३कार्की आयोगको प्रतिवेदन खोज्दै रक्षा बमले सोधिन–मेरो हातमा रगत लागेको छ ?
- ४हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध, रुकुमपूर्वमा २ सय ५० बढी यात्रु अलपत्र
- ५१ करोड ८९ लाख मतदाताको सहभागिता, बदर मत ४.७ प्रतिशतमा सिमित



तपाईको कमेन्ट लेख्नुहोस्