संघीय संसद्का दुवै सदनको बैठक आजदेखि, बजेटसहितका १५ अध्यादेश पेश गर्ने कार्यसूची
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । नवौं अधिवेशन सरकारले यसअघि दर्ता गरेका १५ वटा अध्यादेशमा केन्द्रित हुने भएको छ । संसद् सचिवालयले अधिवेशनको पहिलो दिन नै बजेटसहितका १५ अध्यादेश स्वीकृत गर्ने प्रस्तावलाई सम्भावित कार्यसूचीमा राखिएको छ । संसद्को आठौं अधिवेशन सुरु भएको पहिलो दिन साउन ३ मा यी अध्यादेश सदनमा दर्ता पेस गरिएका थिए । भदौ ३० सम्म निर्णय नगरिए यी अध्यादेश स्वतः खारेज हुने भएपछि अघि बढाउन सरकारले अधिवेशन बोलाएको हो ।
अधिवेशनको पहिलो दिनमै यसअघि रोकिएका अध्यादेश स्वीकार गराउने र दल विभाजन गर्न सहज हुने राजनीतिक दल सम्बन्धी अध्यादेशलाई टेबल गर्ने सरकारको योजना छ । राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल गर्दा एमालेको अवरोध हुन सक्ने देखिएको छ । बैठकको कार्यसूची अनुसार आजको बैठक अघि बढे १५ वटा अध्यादेश स्वीकार वा अस्वीकार हुनेछन । अध्यादेशलाई संसद्ले स्वीकार गरे सरकारले प्रतिस्थापन विधेयक संसदमा पेस गर्ने बाटो खुल्नेछ ।
संसद्ले अस्वीकार गरे अध्यादेश स्वतःखारेज भएको मानिन्छ । राजनीतिक दल सम्बन्धी बाहेकका अध्यादेश केपी शर्मा ओली नेतृत्वको सरकारले जारी गरेको थियो । बजेटसहितको अध्यादेश बहुमतले स्वीकार हुने सरकारले दाबी गरेको छ । संसद्ले स्वीकार गरेपछि सरकारले दर्ता गर्ने प्रतिस्थापन विधेयक भदौ ३० भित्र राष्ट्रपतिले प्रमाणीकरण गरिसक्नुपर्ने हुन्छ । सभामुख अग्नि सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठकसमेत नराखी बैठकको कार्यसूची सार्वजनिक गरेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #संघीय संसद्का दुवै सदन
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्