चन्द्रागिरी केबलकार सञ्चालनमा, मनकामना केबलकार आइतबारबाट चल्ने

काठमाडौं । कोरोना महामारीका कारण बन्द रहेको चन्द्रागिरि केबलकार आजदेखि सञ्चालनमा आएको छ । चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले आजदेखि नियमित रुपमा केबलकार सञ्चालनमा ल्याइएको जानकारी दिएका हुन । कोभिड–१९ को कारणले बन्द भएको केबलकार तथा रेष्टुरेन्ट लगायतका चन्द्रगिरिका सेवा आजदेखि स्वास्थ सुरक्षा मापदण्डका साथ सञ्चालन भएको शाहले बताए ।
पौराणिक महत्व बोकेको भालेश्वर मन्दिर दर्शन गर्न भारत लगायत अन्य देशबाट समेत पर्यटकहरु चन्द्रागिरि पुग्ने गरेका छन् । चन्द्रागिरि हिल्समा आजदेखि नै जीपलाइन पनि सुरु भएको बताइएको छ । पछिल्लो समय चन्द्रागिरि आन्तरिक तथा बाह्य पर्यटकका लागि महत्पूर्ण गन्तव्य स्थल बन्दै आएको छ ।
मनकामना केबुलकार आइतबार सञ्चालनमा आउने
कोरोना सङ्क्रमण बढेसँगै बन्द गरिएको मनकामना केबुलकार आइतबार सञ्चालनमा आउने भएको छ । निषेधाज्ञाका कारण गएको वैशाख १६ गतेबाट बन्द भएको केबुलकार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न लागिएको मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठले जानकारी दिनुभएको हो ।
“यात्रुले पनि सुरक्षा मापदण्डलाई पालना गर्नु पर्दछ, हामी यात्रु र कर्मचारिको स्वास्थ्य प्रति गम्भिर छौँ ।” श्रेष्ठले भने । इच्छाकामना गाउँपालिकाको चेरेसमा स्टेसन रहेको यस केबुलकार चढेर यात्रु एवं भक्तजन गोर्खाको मनकामना मन्दिर दर्शन गर्न जाने गर्दछन् । भक्तजनको भीडभाड हुने चाडपर्वमा एकै दिनमा नौ हजारभन्दा बढी यात्रुले केबुलकारको यात्रा गर्दै आएका थिए । केबलकारसँगै मनकामना मन्दिर सञ्चालन गर्ने विषयमा समेत छलफल भइरहेको बताइएको छ ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #चन्द्रागिरि केबलकार, #मनकामना केबुलकार
ताजा खबर
- १प्रचण्डले देशलाई संकटमा हालेका थिए, ओलीले सुधारेः शंकर पोखरेल
- २स्पेनबाट कुलमानको सन्देशः सही नेतृत्व नहुँदासम्म देश अघि बढ्दैन
- ३कुशे औंसीः पितृ सम्मान र कुश भित्र्याइँदै
- ४विज्ञहरू भन्छन् – ‘नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य’
- ५अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
तपाईको कमेन्ट लेख्नुहोस्