कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र,अझै चलायमान हुन सकेन
काठमाडौं । कोरोना महामारीले सबैभन्दा थला पारेको व्यवसाय पर्यटन नै हो । कोरोना संक्रमणको दर केही कम हुँदा अन्य क्षेत्र चलायमान हुने गरेपनि पर्यटन क्षेत्र भने अझै उठ्न सकेन । मुलुकको अर्थतन्त्र ठूलो हिस्सा पर्यटन उद्योगले ओगटेको छ । कोरोना महामारी सुरु हुनुभन्दा अघि झन्डै ११ लाख परिवारको पेट यही पेशाले पालेको थियो । तर, अहिले यो उद्योगसँग आबद्ध अधिकांस बेरोजगार बनेका छन् ।विश्व पर्यटन संगठनको एक अध्ययन अनुसार एक जना पर्यटक नेपाल भित्रिदा करिब ११ जनाले रोजगारी पाउने गरेका छन् ।
नेपाल पर्यटन वोर्डको तथ्याङ्क अनुसार पर्यटन व्यवसाय ठप्प हुँदा मासिक १ अर्ब घाटा भइरहेको छ । कोरोना महामारी सुरुवातसँगै पर्यटन व्यवसायले झन्डै २ खर्ब घाटा व्यहोरी सकेको छ । विदेशी पर्यटकले नेपाल घुम्ने चाहना गरेपनि अधिकांस हवाई सेवा बन्द भएकाले ट्राभल एजेन्सीले ग्राहक पाउन सकिरहेका छैनन् । विदेशी एजेन्टले समेत सन्् २०२३ भन्दा अघि पर्यटक पठाउन नसकिने बताउन थालेको ट्राभल एजेन्सी संचालक विजय प्रधान बताउँछन् ।
सधैँ चलायमान देखिने ठमेल पनि हिजो आज सुनसान छ । ठमेलमा रहेका स्तरीय रेस्टुरेन्टहरु घर भाडा,कर्मचारी तलब तिर्न नसकेर बन्द भएका छन् । संचालनमा रहेकामध्ये केहीले कर्मचारीको तलब समेत उठाउन सक्ने व्यापार गर्न सकेका छैनन् । लामो समय देखि आन्तरीक तथा बाह्य पर्यटकको अभावमा अधिकांश होटल बन्द हुने अवस्थामा पुगेका छन् । केहिले भने क्वारेन्टाइनका रुपमा होटल संचालन गर्दै आएपनि त्यस वापत आउने रकमले कर्मचारीको तलब उठ्ने गरेको छ ।
होटल एसोसियसन नेपालका उपाध्यक्ष विनायक शाह सरकारले कार्यविधि वनाएर पर्यटन क्षेत्र चलायमान बनाउनु जरुरी रहेको बताउँछन् । सरकारले पर्यटन व्यवासायीलाई राहत समेत उपलब्ध गराएको थियो । पर्यटन व्यवसायी भने राहतभन्दा पनि व्यवसाय नै चलायमान बनाउन सरकारले ध्यानदिनु पर्ने बताउँछन् । क्वारेनटाइनलाई विस्थापति गर्दैपरिक्षण खोपको दायरा बढाएर क्वारेन्टाइनबीना नै पर्यटकलाई भित्रिन दिनु पर्ने माग व्यवसायीको छ ।
क्याटेगोरी : पर्यटन, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #व्यवसाय पर्यटन
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्