महन्थ ठाकुरद्धारा नयाँ पार्टी गठन, वरिष्ठ नेतामा राजेन्द्र महतो
काठमाडौं । जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले नयाँ पार्टी गठन गरेका छन् । ठाकुरको अध्यक्षतामा जसपा लोकतान्त्रिक)पार्टीको गठन गरिएको हो । वरिष्ठ नेतामा राजेन्द्र महतोलाई राखिएको छ । ठाकुरको पार्टीले चुनाव चिन्ह साइकल रोजेको छ । नव गठित पार्टीमा २३ सदस्सीय केन्द्रीय कार्यकारिणी समिति र १४ जना संघीय सांसद रहेको नेता लक्षमणलाल कर्णले जानकारी दिए ।
साविक जसपाका १६ जनासहित अरु नयाँ थपेर कार्यकारिणी समितिलाई आयोगमा पेस गरिएको छ । सदस्य सूचीमा रेशमलाल चौधरी पनि छन् । निर्वाचन आयोगको हेड काउन्टमा उनी तटस्ठ बसेका थिए । ठाकुरको पक्षमा जसपाका प्रतिनिधिसभाका ३२ मध्ये १३ सांसद उभिएका छन् भने राष्ट्रियसभासहित संघीय संसदमा अब उनका १४ सांसद भएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #महन्थ ठाकुरद्धारा नयाँ पार्टी गठन
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे




तपाईको कमेन्ट लेख्नुहोस्