महन्थ ठाकुरद्धारा नयाँ पार्टी गठन, वरिष्ठ नेतामा राजेन्द्र महतो
काठमाडौं । जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले नयाँ पार्टी गठन गरेका छन् । ठाकुरको अध्यक्षतामा जसपा लोकतान्त्रिक)पार्टीको गठन गरिएको हो । वरिष्ठ नेतामा राजेन्द्र महतोलाई राखिएको छ । ठाकुरको पार्टीले चुनाव चिन्ह साइकल रोजेको छ । नव गठित पार्टीमा २३ सदस्सीय केन्द्रीय कार्यकारिणी समिति र १४ जना संघीय सांसद रहेको नेता लक्षमणलाल कर्णले जानकारी दिए ।
साविक जसपाका १६ जनासहित अरु नयाँ थपेर कार्यकारिणी समितिलाई आयोगमा पेस गरिएको छ । सदस्य सूचीमा रेशमलाल चौधरी पनि छन् । निर्वाचन आयोगको हेड काउन्टमा उनी तटस्ठ बसेका थिए । ठाकुरको पक्षमा जसपाका प्रतिनिधिसभाका ३२ मध्ये १३ सांसद उभिएका छन् भने राष्ट्रियसभासहित संघीय संसदमा अब उनका १४ सांसद भएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #महन्थ ठाकुरद्धारा नयाँ पार्टी गठन
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन




तपाईको कमेन्ट लेख्नुहोस्