सोमबार ३ हजार ४ सय ५१ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु
काठमाडौं । पछिल्लो विगत २४ घण्टामा थप ३ हजार ४ सय ५१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ९३ जनाको पीसीआर र ५ हजार ५ सय १८ जनाको एन्टीजेन परिक्षणको क्रममा काठमाडौँमा ६ सय ७७, भक्तपुरमा १ सय १७ र ललितपुमा १ सय ६७ जना गरी काठमाडौँ उपत्यकामा ९ सय ६१ जना सहित देशभर ३ हजार ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमीत मध्ये १० वर्ष मुनिका ५० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ सय ३ जना कोरोना संक्रमित थपिएका छन् ।यो नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३४ हजार ८ सय ३८ पुगेको छ । कोरोना संक्रमणका कारण नेपालमा थप ३५ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म कोरोना संक्रमणबाट मृत्युहुनको कुल संख्या १० हजार ३ सय २७ पुगेको छ । कोरोना संक्रमण पश्चात पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ५८ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपाल मृत्यु हुनेको संख्या भने ६ लाख ८५ हजार १ सय ४० जना संक्रमणमुक्त भएका छन् । अहिले निको हुनेदर ९३.२ प्रतिशत छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ७१ जना रहेका छन् । जसमध्ये ३६ हजार ३७ जना होम आइसोलेसन र ३ हजार ३ सय ३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७ सय ९५ जना आईसीयू र १ सय ९७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना भाइरस संक्रमण
ताजा खबर
- १संसद, सिंहदबार जलाउनेहरुलाई महानायकको रुपमा प्रश्तुत गरिएको थापाको आरोप
- २एमसीसी खारेज गर्न हर्कराज राईको माग
- ३भदौ २३ र २४ गते घटनाका दोषीलाई कारवाही हुनुपर्छः कांग्रेस
- ४संसदको बैठकमा रविको सन्देशः संख्याकै बलमा प्रतिशोध हुँदैन, सुशासनको वेग रोकिंदैन (भिडियो सहित)
- ५सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन गर्न सरकारको पत्राचार,पत्रकारहरुको बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्