Techie IT
  • २ जेठ २०८२, बिहीबार
KhojPatrika

गाली सरकारलाई, हेलचेक्र्याई आफै, मास्क लगाउन नै कठिन मान्छन् नागरिक


काठमाडौं । गत शनिबारदेखी सरकारले तामझामसहित एक हप्ते मास्क अभियान सुरु गरेको छ । यो अभियानको नारा छ, ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ । काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहराबाट सुरु गरिएको अभियानको उद्देश्य छ, कोभिड १९ को तेस्रो लहर शुरु हुन थालेको अवस्थामा मास्क लगाउन सबैलाई प्रोत्साहित गर्नु । अभियानबारे धरहरामा शनिबार साँझ मास्क सहित ‘नेपाल मास्क अभियान, म जिम्मेवार नेपाली’ नारा देखाइयो । अभियानबारे भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण सरकारको एक्लो प्रयासले मात्रै सम्भव नभएकाले यसमा सबैको सहयोग हुनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री देउवाले नै कोरोना माहामारीको तेस्रो लहर छिट्टै आउने संकेत गरिरहँदा र भीडभाड हुने कार्यक्रम नगर्न र स्वास्थ्य सुरक्षा मापदण्ड लागू गर्न सम्पूर्ण राजनीतिक दल, गैरसरकारी संस्था, निजी क्षेत्र अनि आम नागरिकलाई आग्रह गरिदैगर्दा काठमाडौंका केही भीडभाड हुने बजार क्षेत्रमा भने मास्क नलाउने जमात निक्कै बाक्लो देखिएको छ । मास्कमा भैरहेको हेलचेक्राईका दृश्यहरुले अभियानको सार्थकतामा प्रश्न उठाएका मात्रै छैन, महामारिको जोखिम पनि उत्तिकै बढाएको छ ।किनमेलका लागि अनि धेरै फुर्सद भएर घुम्न निस्किएका देखी व्यापार गर्नेहरुसम्म धेरैले मास्क लगाएका छैनन । लगाएकाहरुमा समेत धेरैले नाक, मुख पुरै ढाकिनेगरि भन्दा जोखिम बढाउनेगरि मास्क लगाउने गरेका छन् ।

कतिपयले त क्यामेरा देख्दा वा सञ्चारकर्मी पुग्दा अनि प्रहरीको नियमन हुँदा मात्रै अरुका लागि बाध्यताले मास्क लगाएको जस्तो व्यवहार गरिरहेका छन् । मस्क लगाउनेहरुको भीडभाडमा नलगाउने अनि जोखिम बढाउनेगरि लगाउनेहरु कोही भन्दै थिए, गर्मि भयो, सास फेर्नै गाह्रो हुन्छ, कोही भन्दैथिए कोरोना नै छैन यो सब नाटक हो ? तर धेरैले भने आफूले नलगाए पनि मास्क लगाउनुपर्छ भन्दै सुझाब दिनेगरेका छन् । बजारमा मास्क लगाउनेहरुको संख्या नलगाउनेभन्दा बढी छ, अनि मास्क पनि थरिथरिका देख्न सकिन्छन् । कतिपयले त सरकारसँग कुन मास्क लगाउनु उपयुक्त हुन्छ, जुन पायो त्यही मास्क लगाएर सुरक्षित भइन्छ त ? भन्दै स्वास्थ्य अधिकारीसँगै सरकारसँगै प्रश्न गर्नेगरेका छन् ।

मास्क नलगाउँदा भन्दा लगाउँदा केही सुरक्षित भइन्छ, तर यहि मौकामा छ्यापछ्याप्ती बजारमा भित्रिएका सबै मास्क सुरक्षित छन त रु अनि सरकारको मास्क लगाउन सबैलाई प्रोत्साहित गने एक हप्ते मास्क अभियानले भीडभाडमा जोखिमसँग खेल्नेहरुलाई किन समेट्न सकेन रु यो प्रश्न स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ अनि प्रधानमन्त्री शेरबहादुर देउवालाई ।
सँगै अघि बढ्दैछ प्रहरीको तपाईको मास्क खोई रु अभियान
वैशाख ६ गतेदेखि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ? कार्यक्रम अन्तर्गत ५ लाख ९१ हजार ७ सय ४० जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरेपनि जनस्वास्थ्यका मापदण्डको कडाईका साथ पालना हुन सकेको छैन ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एक हप्ते मास्क अभियान, #महामारी नियन्त्रण र रोकथाम

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं