सर्वोच्चद्वारा जातीयता वा वर्गीयताका आधारमा आरक्षण दिने कानूनी व्यवस्था हटाउन आदेश
आरक्षण आवश्यकताको आधारमा प्रयोग गर्न सुझाव
काठमाडौं । सर्वोच्च अदालतले जातीयता वा वर्गीयताका आधारमा आरक्षण दिने कानूनी व्यवस्था हटाउन आदेश दिएको छ । धनुषाका विनयकुमार पंजिकारले चिकित्सा शिक्षाको उच्च शिक्षामा समेत आरक्षणको व्यवस्था हुनुपर्ने माग गर्दै दायर भएको रिट निवेदनमा सर्वोच्चले आरक्षणबारे नजिर स्थापित गरेको हो ।
२०६२/६३ को जनआन्दोलपछि नेपालमा संवैधानिक र कानूनी रुपमा आरक्षण सम्बन्धी व्यवस्था गरिएको थियो । आर्थिक रुपमा सम्पन्न भइसक्दा समेत जातीय र वर्गीय आधारमा आरक्षण लिएर राज्यका विभिन्न निकायमा निरन्तर सुविधा पाएको विषयले आरक्षण उद्देश्य अनुरुप प्रयोग नभएको टिप्पणी हुँदै आएको सन्दर्भमा सर्वोच्चले ऐतिहासिक नजिर स्थापित गरेको हो ।
न्यायाधीश दीपकुमार कार्की र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले गत पुस १ गते फैसला गरेर हिजो सार्वजनिक भएको पूर्ण पाठमा आर्थिक रुपमा सम्पन्न र आरक्षण पाएर आफ्नो अवस्था सुधार गरेकालाई फेरि त्यस्तो सुविधा नपाउने गिर कानून निर्माण गर्न आदेश दिएको छ । आरक्षणलाई वर्गीयता वा जातीययताका आधारमा नभइ अवसरबाट वञ्चितिकरणमा परेकाको उत्थानका लागि आवश्यकताको आधारमा प्रयोग गर्न सर्वोच्चले भनेको छ । सक्षमलाई बाहिर राखेर असक्षमलाई अवर दिँदा मात्र संविधानको मर्म पूरा नहुने फैसलामा उल्लेख छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #वर्गीयताका आधारमा आरक्षण, #सर्वोच्च अदालत
ताजा खबर
- १नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा
- २कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छः सुरेन्द्र पाण्डे
- ३कार्की आयोगको प्रतिवेदन खोज्दै रक्षा बमले सोधिन–मेरो हातमा रगत लागेको छ ?
- ४हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध, रुकुमपूर्वमा २ सय ५० बढी यात्रु अलपत्र
- ५१ करोड ८९ लाख मतदाताको सहभागिता, बदर मत ४.७ प्रतिशतमा सिमित



तपाईको कमेन्ट लेख्नुहोस्