थप ३,८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु, संक्रमणसँगै मृतकको संख्या पनि बढ्दै
काठमाडौं । निषेधाज्ञा खुकुलो भएसँगै फेरि कोरोना संक्रमणको ग्राफ निरन्तर उकालो लाग्दै गएको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८ सय ४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार देशभर ३ हजार ८ सय ९९ जनामा संक्रमण पुष्टि भएको थियो भने २० जनाको मृत्यु भएको थियो ।
देशभर जम्मा संक्रमितको संख्या ७ लाख ४६ हजार ६ सय ५७ पुगेको छ भने त्यसमध्ये ६ लाख ४९ हजार ७२ जना निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९३ जना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ भने जम्मा १५ हजार ८ सय ८ जनाको नमुना परीक्षण भएको थियो । केही दिनयताको तथ्यांक हेर्दा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या पनि बढिरहेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमण
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्