Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

कसले पाउला जसपा, निर्वाचन आयोगले हेड काउन्टका आधारमा विवाद निरुपण गर्ने


काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाको आधिकारिकता विवादको टुंगो आज लगाउने भएको छ । हेड काउन्टका आधारमा आयोगले आज आधिकारिकता विवाद टुंग्याउने भएको हो । यसका लागि दुवै पक्षले आ–आफनो तयारी गरेका छन् ।

अध्यक्ष उपेन्द्र यादवले आफू पक्षीय सांसद एवं केन्द्रीय कार्यकारिणी परिषदका सदस्यहरु ठाकुर पक्षको प्रभावमा नपरुन भनेर सबैलाई गोदावरीको रिसोर्टमा राखेका छन् । उनीहरु त्यहींबाट आयोग पुग्नेछन् ।

रिसोर्टमा भेला भएका कार्यकारिणी परिषदका सदस्य एवं सांसदलाई अध्यक्ष यादव र नेता बाबुराम भट्टराईले प्रशिक्षण समेत दिएका छन् । अर्का अध्यक्ष महन्थ ठाकुरले भने हेड काउन्टको विरुद्धमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले उनको रिटमा अन्तरिम आदेश नमानेपछि यादव पक्षलाई सहज भएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #जनता समाजवादी पार्टी जसपा, #निर्वाचन आयोग

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं