कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष पूरा, अझै पत्ता लागेन हत्यारा
काठमाडौं । कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको आज तीनवर्ष पूरा भएको छ । हत्याकाण्डबारे राष्ट्रिय अन्तर्राष्टिय चर्चा भएपछि अझैसम्म सुल्झिन सकेको छैन । अनुसन्धान जारी नै रहेको बताउने बाहेक प्रहरीले कुनै उपलब्धि हात पार्न सकेको छैन । १० साउन २०७५ मा साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी रोशनीको नजिकैको उखुबारीमा दोस्रो दिन शव भेटिएको थियो ।
निर्मलाको बलात्कारपछि हत्या भएको मेडिकल रिपोर्टमा देखिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले घटनाको करिब एक महिनापछि स्थानीय दिलीपसिंह विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेपनि भेजिनल स्वाबमा भेटिएको डीएनएसँग ‘म्याच’ नभएपछि उनी छुटेका थिए ।
नक्कली व्यक्तिलाई उभ्याएर वास्तविक अपराधीलाई उम्काउन खोजेको आरोप प्रहरीले खेप्नुपरेको थियो । अपराध अनुसन्धानमा गम्भीर लापरबाही गरेको र प्रमाण नष्ट गरेको भन्दै तत्कालीन कन्चनपुर प्रहरी प्रमुख डिल्लीराम विष्ट र इलाका प्रहरी प्रमुख बर्खास्त भएका थिए । सीआईबीले २÷२ महिनाको अन्तरमा विभिन्न टोलीहरु पठाएपनि अभियुक्त पत्ता लगाउन सकेन ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #निर्मला पन्तको बलात्कारपछि हत्या
ताजा खबर
- १सबैलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकारले आवश्यक कदम चालोस्ः अध्यक्ष दाहाल
- २सौराहामा रास्वपाको विस्तारित बैठक शुरु (तस्बिरसहित)
- ३बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
- ४सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
- ५गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण



तपाईको कमेन्ट लेख्नुहोस्