३२ औं गृष्मकालीन ओलम्पिक जापानको टोकियोमा भब्य उद्घाटन
काठमाडौं । ३२ औं संस्करणको गृष्मकालीन ओलम्पिकको जापानमा औपचारिक उद्घाटन भएको छ । कोभिड–१९ महामारीका कारण एक वर्ष पछि सरेको विश्व खेलकुदको महाकुम्भ ओलम्पिकको शुक्रबार जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष समारोहका बीच टोकियो २०२० को औपचारिक रुपमा उद्घाटन भएको हो ।
शुरुमा सन् २०१३ मा टोकियोले ओलम्पिक आयोजनाको अधिकार प्रदान गरिएको समयदेखिको भिडियो देखाइएको थियो । त्यसपछि ओलम्पिक स्टेडियममा आतिशबाजी गरियो । त्यसपछि जापानी एम्पेरर नारुहितो र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीका अध्यक्ष थोमस बाक प्रस्तुत भए । लगत्तै जापानका ओलम्पिक विजेता सहित ६ जनाले जापानी राष्ट्रिय झण्डा मैदानभित्र ल्याए । जापानी गायक तथा सड्ड राइटर मिसियाले राष्ट्रिय गान किमियागो गाए ।
समारोहमा कोभिड–१९ बाट ज्यान गुमाउनेहरुप्रति केही समय मौन धारण समेत गरिएको थियो । बंगलादेशी नोबल शान्ति पुरस्कार विजेता प्रोफेसर मुहम्मद युनुसलाई ओलम्पिक लाउरेल प्रदान गरिएको थियो ।त्यसपछि ओलम्पिकमा सहभागी देशहरुको परेड शुरु भएको थियो । सबैभन्दा पहिले आधुनिक ओलम्पिकको शुरुवात भएको ग्रीसको मार्चपास भएको थियो ।
मार्चपासमा नेपालको राष्ट्रिय झण्डा भने पौडी खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाहले बोके । टोकियो ओलम्पिकमा ३३ खेलको ३ सय ३९ इभेन्ट समावेश छन् । जसमा विश्वभरबाट ११ हजार भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । यस पटक ओलम्पिकमा नेपालबाट चार खेलका ५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #गृष्मकालीन ओलम्पिक, #विश्व खेलकुदको महाकुम्भ
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्