एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, नेपाल फकाउन लचक बन्दै ओली
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । साउन ४ गतेदेखि जारी बैठक दिउँसो ३ बजे पुष्पलाल स्मृति भवन च्यासलमै बस्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । आजको बैठकमा एमालेको नेपाल–खनाल समूहका नेतालाई सोधिएको स्पष्टीकरणको बारेमा निर्णय गर्न सक्ने बताइएको छ । तर, नेपाल खनाल समूहले भने संस्थापन पक्षले आफ्ना नेताहरुलाई कारबाहीको प्रक्रिया अघि बढाएर एकतामा भाँजो हालेको बताउँदै आएको छ ।
एमालेका २२ जना सांसदले गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । सोही विषयमा एमालेले स्पष्टीकरण सोधेको थियो । यसअघि बुधबारको बैठकले चारवटा विशेष प्रस्ताव पारित गरेको थियो । बैठकले सर्वोच्च अदालतको फैसलाले पार्टी स्वतन्त्रता र दलीय प्रणालीमाथि प्रहार भएको निष्कर्ष निकाल्दै कानुनको अपव्याख्याबाट सरकार बनाइएको ठहर गरेको थियो ।
सर्वोच्चको फैसला संविधान र जनताको चाहना विपरीत भएको निष्कर्ष निकाल्दै बैठकले त्यसबारे जनता माझ जाने प्रस्ताव पनि पारित गरेको थियो । ओलीले नेपाललाई गद्धार भनेपनि सहमतिका लागि दोस्रो अध्यक्ष बनाउन समेत सहमत भएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एमालेको केन्द्रीय कमिटी बैठक
ताजा खबर
- १संवैधानिक इजलासको आदेशः प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन
- २राष्ट्रपति पौडेलेको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- ३वरिष्ठ अधिवक्ता भण्डारीको जिकिरः भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ
- ४राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
- ५आन्दोलनरत नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग प्रचण्डको माग


तपाईको कमेन्ट लेख्नुहोस्