कसले पाउला जसपा उपेन्द्र यादव कि महन्थ ठाकुरले
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विवादबारे निर्वाचन आयोगले निर्णय दिने तयारी गरेको छ । पार्टीको आधिकारिकता सम्बन्धी विवादमा केन्द्रीय कार्यकारिणी समितिको बहुमत अल्पमत हेरेर आयोगले आज निर्णय गर्ने तयारी गरेको हो । राजनीतिक दल सम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधारमा कुनै पक्षलाई मान्यता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत रहेका पक्षलाई दलको आधिकारिकता दिने प्रावधान छ ।
आयोगको कानुन महाशाखाका अनुसार दुवै पक्षले बुझाएको सक्कल कागजातकै भरमा फैसला लिन आयोगलाई कठिनाइ परेको छ । आयोगले दुवै पक्षको बहस टुंग्याउने लक्ष्य राखेको छ । दुवै पक्षका ३÷३ जना कानुन व्यवसायीलाई आयोगले बहसका लागि २÷२ घण्टाको समय निर्धारण गरेको छ । आयोगका अनुसार दुवै पक्षको कुरा सुनेर आजै केही आदेश आउन सक्नेछ । जसपामा कार्यकारिणी समितलिाई लिएर पनि विवाद छ ।
जसपा दर्ताका समयमा ५१ सदस्यीय कार्यकारिणी समिति आयोगकोे अभिलेखमा छ । उपेन्द्र यादव पक्ष त्यसैलाई मान्यता दिनुपर्ने अडानमा छ । महन्थ ठाकुर पक्षले पुस ७ गते थपिएको कार्यकारिणी समितिलाई मान्यता दिनुपर्ने बताएको छ । ठाकुर पक्षले थप गरेको कार्यकरिणी समितिबारे आयोगले अझसम्म अद्यावधिक गरेको छैन् । त्यसैले पनि पुरानै कार्यकारिणी समितिलाई मान्यता दिए यादव पक्षले जसपाको आधिकारिकता पाउने देखिन्छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #आधिकारिकता सम्बन्धी विवाद, #जनता समाजवादी पार्टी
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्