विशेष अदालतले घर ठेगाना पत्ता लगाउन नसकेका गच्छदार १० लाख धरौटीमा रिहा
काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा मुछिएर अख्तियारको मुद्दा खेप्दैआएका पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । विशेष अदालतले आज थुनछेक बहसपछि गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको हो ।
गतवर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा प्रकरणमा १७५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । त्यसमा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारको नामसमेत उल्लेख थियो । विशेष अदालतको फरार सूचीमा रहेका गच्छदार काँग्रेस नेतत्वको सरकार गठन भएलगत्तै बुधबार बिहानै विशेष अदालतमा हाजिर भएर बयान दिन पुगेका थिए ।
विशेष अदालतले यसअघि गच्छदारको सुनसरीस्थित घर ठेगानामा विशेष अदालतले म्याद तामेली गरेको थियो । तर उक्त ठेगानामा बसोबास नगर्ने पाएपछि एक महिनाअगाडि अख्तियारमा अर्को ठेगाना भए पठाइदिन आग्रह गर्दै पत्र पठाइएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #बिजयकुमार गच्छदार
ताजा खबर
- १‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’
- २पूर्वप्रधानमन्त्री देउवा सिंगापुरबाट हङकङ प्रस्थान
- ३नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा
- ४कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छः सुरेन्द्र पाण्डे
- ५कार्की आयोगको प्रतिवेदन खोज्दै रक्षा बमले सोधिन–मेरो हातमा रगत लागेको छ ?



तपाईको कमेन्ट लेख्नुहोस्