जम्मु काश्मीरमा आतंकवादी गतिविधिमा संलग्न सरकारी कर्मचारीहरु बर्खास्त
एजेन्सी । भारतको जम्मु काश्मीरमा आतंकवादी गतिविधिमा संलग्न रहेका एघार सरकारी कर्मचारीलाई बर्खास्त गरिएको छ । जम्मु काश्मीरमा एघार सरकारी कर्मचारीहरु आतंकवादी गतिविधिमा संलग्न रहेको आरोपमा बर्खास्त भएका हुन् । बर्खास्त भएका मध्ये दुई जना इस्लामिक लडाकु समुह हिज्बुल मुजाहिद्दिनका प्रमुख सइद सलाउद्दिनका छोराहरु रहेको बताइएको छ ।
सलाउद्दिनका छोराहरु सइद अहमद सकिल र शाहिद युसुफले हिज्बुल मुजाहिद्दिन समुहलाई आर्थिक बन्दोबस्तको काम गर्ने गरेको खुलेको छ । जम्मु काश्मीरमा आतंकवादमाथि छानविन गर्ने समितिले आतंकवादी गतिविधिमा संलग्न अभियुक्तहरुलाई सरकारी नोकरीबाट तत्काल हटाउनुपर्ने सिफारिस गरेको थियो ।
संवैधानिक र कानुनी आधारमा अभियुक्त सरकारी कर्मचारीलाई बर्खास्त गरिएको बताइएको छ । अनन्तनाग जिल्लास्थित दुई सरकारी शिक्षकहरु पनि राष्ट्रवाद विरोधी गतिबिधिमा संलग्न रहेको अभियोगमा बर्खास्त भएका छन् । त्यस्तै, प्रहरी अब्दुल रासिद शिगनले आफ्नै सुरक्षाकर्मी सेनामाथि आक्रमण गरेको पाईएको छ । स्रोतः याहु न्युज
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #जम्मु काश्मीरमा आतंकवादी, #सरकारी कर्मचारी
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्