नेपाल आइपुग्यो अमेरिकाले पठाएको कोरोना भाइरसबिरुद्धको खोप, स्वास्थ्यमन्त्रीलाई हस्तान्तरण
काठमाडौं । अमेरिकाले नेपालाई अनुदानमा उपलब्ध गराएको १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप काठमाडौं आइपुगेको छ । खोप बोकेर आएको अमेरिकी कार्गो जहाज १० बजे त्रिभुवन विमानस्थलमा आइपुगेको हो । विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरेका छन्।
जोन्सन एन्ड जोन्सनले निर्माण गरेको सो खोपको एक मात्रा मात्र लगाए पुग्ने बताइएको छ । नेपाललाई प्रदान गरिएको खोपले करिब १५ लाख मानिसलाई पुग्ने बताइएको छ । खोप कुन उमेर वा व्यक्तिलाई दिने भन्ने विषयमा अझै टुंगो लागिसकेको छैन । तर, वैदेशिक रोजगार वा कुनै काममा विदेश जाने र शिक्षकलगायतलाई दिने विषयमा छलफल भइरहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #१५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्