नेपाल–भारत रेल सेवा सम्झौता २००४ आदान प्रदान पत्रमा हस्ताक्षर
काठमाडौं । नेपाल र भारत सरकारबीच ‘नेपाल–भारत रेल सेवा सम्झौता २००४’ का लागि लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ । दुई देशका सरकारबीच शनिबार भर्चुअल कार्यक्रममार्फत उक्त हस्ताक्षर भएको हो । भारतका तर्फबाट भारतीय रेल मन्त्रालय, परिचालन तथा व्यवसाय विकास विभागका सदस्य सञ्जयकुमार मोहांती र नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले ‘लेटर अफ एक्सचेन्ज’ मा हस्ताक्षरको नेतृत्व गरेका थिए । योसँगै सार्वजनिक तथा निजी कन्टेनर सञ्चालकलगायत सबै अधिकार प्राप्त कार्गो रेल सञ्चालक नेपाल आउन सक्नेछन् ।
कन्टेनरमा भारत र नेपालबीच मालसामान ओसारपसार हुने र तेस्रो मुलुकबाट आएका सामान भारतका बन्दरगाहबाट नेपालसम्म ल्याउन भारतीय रेलमार्ग सञ्जालको प्रयोग गर्न पाउने बताइएको छ । यो नयाँ प्रावधानले नेपालको बजार शक्तिको पहुँचलाई विस्तार गर्नुका सँगै सामानको ढुवानीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । यो आदानप्रदानपत्रमा हस्ताक्षरपछि भारतको रेल सञ्जालमा सञ्चालन हुने सबै किसिमका मालवाहक रेलले भारत र नेपालबीच मालसामान ओसार पसार गर्न पाउनेछन् ।
मापदण्ड र प्रक्रियाअनुरुप नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहेका मालडिब्बाले भारतीय रेल सञ्जाल कलकत्ता हल्दियादेखि विराटनगर वीरगञ्ज रुटमा नेपाल आउने मालसामान बोक्न पाउनेछन् । यो सम्झौताले भारत–नेपाल रेल सेवा सम्झौताका अन्य थुप्रै पक्षलाई अद्यावधिक गर्नुका साथै भारतीय र नेपाली रेल्वेका परिचालन र पूर्वाधारसम्बन्धी नवीन पक्षलाई पनि समेट्ने छ । ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत क्षेत्रीय ‘कनेक्टिभिटी’ विस्तार गर्ने प्रयासको सुरुवात भएको भारतीय दूतावासले जनाएको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार
ट्याग : #‘नेपाल–भारत रेल सेवा सम्झौता
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्