पछिल्लो २४ घण्टामा २ हजार ७७ जनामा कोरोना पुष्टि,थप १ हजार ३३३ जना संक्रमणमुक्त
काठमडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ७७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८ सय ३५ पीसीआर परीक्षणमा बुधबार थप २ हजार ७७ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ५० हजार १ सय ६२ पुगेको छ । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ६३ परीक्षणबाट ९ सय २ जनामा पोजिटिभ देखिएको छ ।
२४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको ११ हजार ८ सय ९८ परीक्षणमा २ हजार ९ सय ७९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ३३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख १४ हजार ३ सय २७ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २८ जनाको मृत्यु भएको छ ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २९१ पुगेको छ । हालसम्म देशभर ३३ लाख ९१ हजार ३ सय ७९ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ३ सय २३ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या २६ हजार ५ सय ४४ रहेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #कोरोना भाइरस संक्रमण
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्